MENU

बातावरण-कृषि

Ncell Axiata

लोप हुँदै पाँचऔँले

प्रकाश धौलाकोटी/उज्यालो ।

तेह्रथुम, असोज २४ – पूर्वको तेह्रथुमसहितका पहाडी जिल्लाको उच्च क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी पाँचऔँले लोप हुने अवस्थामा पुगेको छ । अवैध चोरी निकासीका कारण पाँचऔँले लोप हुँदै गएको हो । यहाँका तेह्रथुम, संखुवासभा, ताप्लेजुङ र पाँचथरका उच्च क्षेत्रमा पाइने पाँचऔँले अवैध चोरी निकासीका कारण पाइनै छाडेको छ । 

अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य बढेकाले अवैध चोरी निकासी बढेको जडीबुटी व्यवसायीको भनाई छ । जंगलमा पाइने पाँचऔँले अवैध चोरी निकासी भएर ताप्लेजुङ र संखुवासभाको माथिल्लो क्षेत्रको नाका भएर चीन र तिब्बततर्फ समेत पुग्ने गरेको छ । जेठदेखि असार महिनासम्म फूल फुल्ने यो वन पैदावरको असोज महिनामा फल टिप्नु पर्छ ।

तर यसको मूल्य बढेकाले समय अगावै पाँचऔँले टिपेर बिक्री हुने गरेकाले जंगलमा बिऊ समेत मासिन थालेको तीनजुरे हातिसार सामुदायिक वन उपभोक्ता समूहका पूर्वअध्यक्ष डम्बरबहादुर बुढाथोकीले बताउनुभयो ।

५–७ वर्ष अघिसम्म पाँच औँले पर्याप्त पाइने क्षेत्रमा अहिले छिटपुट मात्रै पाइने गरेको स्थानीय बासिन्दा बताउँछन् । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तीनजुरे–मिल्के–जलजले क्षेत्रमै पनि यो महत्वपूर्ण जडीबुटी पाइने गरेको थियो । तर अहिले पाइन छाडेको गुफाका व्यवसायी हरि खनालले बताउनुभयो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया