MENU

खेल

Ncell Axiata
NIC Asia

अर्जेन्टिनाका प्रशिक्षक साम्पाओलीः विश्वकपमा छनौट हुनेमा ढुक्क छु

असोज २४ – आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि अहिलेसम्म आयोजक रुससहित १७ टिम छनौट भएका छन् । अहिलेसम्म छनौट हुने टिममा आयोजक रुस, जर्मनी, ब्राजिल, इरान, जापान, मेक्सिको, कोस्टारिका, बेल्जियम, साउदी अरेबिया, दक्षिण कोरिया, स्पने, इंग्ल्याण्ड, नाइजेरिया, पोल्याण्ड, इजिप्ट, आइसल्याण्ड र सर्बिया छन् । अब १५ टिम छनौट हुन बाँकी छ ।  

दक्षिण अमेरिकाको प्रमुख तथा विश्वकप दाबेदारको रुपमा रहेको अर्जेन्टिना छनौट चरणमै समस्यामा परेको छ । छनौटको अन्तिम खेल बाँकी हुँदा अर्जेन्टिना प्ले–अफ स्थान भन्दा तल छ । 

फुटबलको ठूलो प्रतिस्पर्धामा विश्वका उत्कृष्ट खेलाडी लियोनल मेस्सी नहुने कुरा अस्वीकार्य हुन्छ । तर विश्वकप छनौटमा अर्जेन्टिना समस्यामा रहेकाले रुस विश्वकपमा अर्जेन्टिना नहुने सम्भावना छ । दुई पटकको विश्व विजेता अर्जेन्टिनाले सन् १९७० देखि कुनै पनि विश्वकपमा बाहिर रहेको छैन । यसअघिको उपविजेता अर्जेन्टिना गएको बिहीबार भएको खेलमा पेरुसँग गोलरहित बराबरी रोकिएर थप समस्यामा परेको हो । 

दक्षिण अमेरिकी क्षेत्रका १० टिम मध्ये शीर्ष चारमा रहने टोली विश्वकपका लागि सोझै छनौट हुनेछन् । पाँचौं स्थानमा रहने टोलीले प्ले–अफ खेल्न पाउने छ । एक खेल बाँकी हुँदा अर्जेन्टिना भने छैटौं स्थानमा छ । अर्जेन्टिनाले कम्तिमा पाँचौं स्थानमा रहनका लागि नेपाली समय अनुसार बुधबार बिहान हुने इक्वेडरसँगको अन्तिम खेल अनिवार्य जित्नु पर्छ । यो खेल जितेमा उसले विश्वकपमा स्थान बनाउनका लागि न्युजिल्याण्डसँग दुई लेगको प्ले–अफ खेल्नु पर्नेछ । पाँचौं स्थानमा रहेको पेरुले चौथौ स्थानको कोलम्बियासँगको अन्तिम खेलमा बराबरी गरेमा र अर्जेन्टिनाले इक्वेडरलाई हराउन नसकेमा अर्जेन्टिना विश्वकपबाट बाहिरिने छ । इक्वेडर तुलनात्मक रुपमा कमजोर रहेकाले अर्जेन्टिनाको सम्भावना कायम छ । 

यहिबिचमा अर्जेन्टिनाका प्रशिक्षक जोर्गे साम्पाओलीले आफ्नो टिम विश्वकपमा छनौट हुनेमा ढुक्क रहेको बताएका छन् । उनले भने ‘सबै कुरा हामीमा नै निर्भर छ । आत्मविश्वासका साथ खेल्ने र पेरुसँगको खेलमा भएको गल्ती नदोहो¥याएमा विश्वकपमा स्थान बनाउन हामी सफल हुनेछौं ।’

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया