MENU

अर्थ

Ncell Axiata
NIC Asia

भारतबाट अब सजिलै नेपालमा पैसा पठाउन मिल्ने

काठमाडौं, असोज २४ – आईएमई लिमिटेड र वाइजम्यान इम्पेक्स सर्भिस इन्टरप्राइजेजले संयुक्त रुपमा इण्डो–नेपाल रेमिटेन्स सेवा सुरु गरेका छन् । 

सम्झौता अनुसार भारतमा रहेका नेपाली नागरिकले वाइजम्यानका दुई सय शाखासहित १४ हजारभन्दा बढी एजेन्ट पार्टनरमार्फत नेपालमा पैसा पठाउन सक्नेछन् ।

यसरी पठाइएको रकम नेपालमा आईएमईका ६ हजारभन्दा बढी एजेन्ट आउटलेटबाट भुक्तानी लिन सकिनेछ ।

रेमिटेन्स सेवाका लागि नेपालस्थित ग्लोबल आइएमई बैंक लिमिटेड र भारतमा रहेको आरबिएल बैंकले सहजीकरण गर्नेछन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया