MENU

खेल

Ncell Axiata
NIC Asia

विश्वकप छनौट : आज स्वीट्जरल्याण्डसँग पराजित भए पोर्चुगल के हुन्छ ?

असोज २४ – आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा स्थान पक्का गर्नका लागि अहिले विभिन्न देश संघर्षरत छन् । त्यसमध्ये एक टिम हो, यरोपको च्याम्पियन स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको टिम पोर्चुगल । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘बी’ मा रहेको पोर्चुगलले मंगलबार राति स्वीट्जरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल दुवै टिमका लागि महत्वपूर्ण छ । यो खेलमा बराबरी गरेमा मात्रै पनि अहिले समूहको शीर्ष स्थानमा रहेको स्वीट्जरल्याण्डले सोझै रुस यात्रा तय गर्नेछ । 

तर पोर्चुगलका लागि भने समूहको शीर्ष स्थानमा रहँदै रुस यात्रा तय गर्नका लागि जित्नु पर्ने दबाब छ । बराबरी गरे वा पराजित भएमा पोर्चुगलले विश्वकपमा स्थान बनाउनका लागि प्ले–अफ खेल्नु पर्नेछ । एक खेल बाँकी हुँदा स्वीट्जरल्याण्डको २७ तथा पोर्चुगलको २४ अंक छ । दुवै टिमका प्रशिक्षक तथा खेलाडीले आफूहरु जितका लागि हरसम्भव प्रयास गर्ने बताएका छन् ।

स्वीट्जरल्याण्डका खेलाडी ग्रानिट जाकाले दुवै टिमका खेलाडी जितका लागि संघर्ष गर्ने बताएका छन् । उनले फिफा डककमसँग कुरा गर्दै पोर्चुगलसँगको खेल विश्वकपको फाइनल जस्तै रहेको बताएका हुन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया