MENU

खेल

Ncell Axiata
NIC Asia

बर्दियामा फुटबल खेल्दाखेल्दै खेलाडीको मृत्यु

भावुक योगी/उज्यालो ।

बर्दिया, असोज २४ – बर्दियाको ठाकुरबाबा नगरपालिकामा स्थानीय क्लवले आयोजना गरेको फुटबल प्रतियोगितामा खेल्ने क्रममा बेहोस भएका एक जना खेलाडीको उपचारका लागि लैजाँदै गर्दा ज्यान गएको छ ।

ठाकुरबाबा नगरपालिका–५ बनबिरको चुरे जनजागृती युवा क्लवले आयोजना गरेको फुटबल प्रतियोगिता खेल्ने क्रममा बेहोस भएका ठाकुरबाबा नगरपालिका–३ वगनाहा निवासी १७ वर्षिय नरेश थारुको उपचारका लागि लैजादै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

विजया दशमी तथा शुभ दीपावलीको अवसरमा स्थानीय क्लवले आयोजना गरेको फुटबल प्रतियोगितामा खेल खेल्दाखेल्दै बेहोस भएका थारुलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लैजाँदै गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी युवराज खड्काले जानकारी दिनुभयो । 

मंगलबार दिउँसो खेल भैरहेकाले गर्मीका कारण खेल्ने क्रममा बेहोस भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया