MENU

राजनीति

Ncell Axiata

बाम एकता कांग्रेसका लागि अनिष्ट : एमाले उपाध्यक्ष रावल

कैलाली, असोज २४ – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले बाम एकता कांग्रेसका लागि अनिष्ट भएको दाबी गर्नुभएको छ । नेकपा एमाले प्रदेश नम्बर ७ को धनगढीमा भएको दुई दिने बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले यस्तो बताउनु भएको हो ।

एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपाल पार्टीबिच प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा गठबन्धन बनाएर लड्ने र लगत्तै पार्टी एकीकरण गर्ने सहमती भएपछि कांग्रेस लगायतका दलहरु आत्तिएको उहाँले बताउनुभयो । 

उहाँले चुनावको मुखमा आएर सरकार पुनर्गठन र चुनाव सारिए आफूहरुलाई सह्य नहुने बताउनुभयो । प्रतिनिधिसभा सदस्य चुनावका लागि कैलाली क्षेत्र नम्बर २ र अछाम क्षेत्र नम्बर १ बाट सिफारिस भएका रावलले पार्टीले जुन क्षेत्रबाट लडाउन खोज्यो त्यहिबाट लड्न तयार रहेको बताउनुभयो । 

यस्तै एमालेको प्रदेश नम्बर ७ को बैठकले नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबिच भएको सहमती देश र नागरिकको हितमा प्रभावकारी हुने ठहर गर्दै उक्त निर्णयलाई स्वागत गरेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया