MENU

बातावरण-कृषि

Ncell Axiata

पर्वतमा फल्यो १० किलो एउटा घिरौंला

सन्तोष थापा/उज्यालो ।

पर्वत, असोज २० – पर्तको फलेवास नगरपालिका–७ लिमिठानाका कृषक भुवानीप्रसाद पौडेलको बारीमा १० किलाकोे घिरौंला फलेको छ । साधारणतया एउटा घिरौंला एकदेखि डेढ किलोसम्मको हुने गर्छ तर पौडेलको बारीमा १० किलोको घिरौंला फलेपछि धेरैजना चकित भएका छन् ।

‘२० वर्ष यतादेखि तरकारी खेती गर्न थालेको हुँ, यत्रो घिरौंला अहिलेसम्म फलेको थिँएन । तराजु ल्याएर जोखेको ठयाक्कै १० किलोको रहेछ’ पौडेलले भन्नुभयो ‘ तीन हात लामो छ ।’

जेठमा रोपेको झालमा यो मात्रै हैन अरु पनि यस्तै ठूल्ठूला घिरौंला फलेका छन् । उहाँले यो घिरौंला बीउको प्रयोजनका लागि बचाएर राखेको बताउनुभयो ।

अस्वभाविक ठूलो घिरौंला फलेपछि उहाँको बारीमा हेर्न आउनेहरुको भिड लाग्न थालेको छ । मलिलो जग्गाका कारण घिरौंला हौसिएर बढेको कृषि प्राविधिकहरुले बताएका छन् । कृषि प्राविधिक आनन्दप्रसाद पौडेलले भन्नुभयो ‘मलिलो जग्गा, नियमित गोडमेल र सिँचाईका कारण उत्पादन राम्रो भएको हुनसक्छ ।’

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया