MENU

खेल

Ncell Axiata

एसिया कप फुटबल छनौट : नेपाल ताजकिस्तानसँग खेल्दै (लाइभ भिडियो)

काठमाडौं, असोज २४ – एसिया कप २०१९ को छनौटको आफ्नो चौथो खेलमा नेपालले ताजकिस्तानसँग खेलिरहेको छ । ताजकिस्तानको घरेलु मैदान हसोर रंगशालामा खेल भइरहेको छ । 

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्योटुकी कोजीले आजको खेल जित्दै तीन अंक थपेर स्वदेश फर्किने उद्देश्य रहेको बताएका छन् । ताजकिस्तानसँगको खेल जित्न नसकेमा नेपालको शीर्ष दुईमा परेर एसिया कपमा छनौट हुने संभावना लगभग सकिने छ ।

चार टिम सहभागी समूह ‘एफ’ मा तीन खेलबाट एक अंकमात्र जोडेको नेपाल पुछारमा छ । एक महिनाअघि एन्फा कम्लेक्स सातदोबाटो ललितपुरमा भएको खेलमा नेपाललाई हराएको ताजकिस्तान तीन अंकसहित तेश्रो स्थानमा छन् ।

सात अंक जोडेको फिलिपिन्स पहिलो र पाँच अंकसहित यमन दोश्रो स्थानमा छन । यो  खेलपछि नेपालले फिलिपिन्ससँग काठमाडौंमा र यमनसँग उसकै मैदानमा खेल्न बाँकी हुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया