MENU

राजनीति

Ncell Axiata
NIC Asia

स्वास्थ्य बीमा विधेयक पारित

काठमाडौं, असोज २४ – सबै नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच हुने व्यवस्थासहितको स्वास्थ्य बीमा विधेयक २०७४ संसदबाट पारित भएको छ । 

संसदले पास गरेको विधेयक राष्ट्रपतिले लालमोहर लगाएपछि कार्यान्वयनमा आउनेछ । तत्कालीन स्वास्थ्य मन्त्री गगनकुमार थापाले तयार पारी संसदमा दर्ता गरेपनि त्यसबेला एमालेको अवरोधका कारण विधेयकमाथि छलफल हुन नसकेपछि वर्तमान स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले केही समयअघि विधेयक दर्ता गराउनुभएको थियो । 

स्वास्थ्य विमा ऐन कार्यान्वयन भएपछि पैसा नभएकै कारण कसैले पनि स्वास्थ्य सेवाबाट बन्चीत हुन नपर्ने पुर्व स्वास्थ्य मन्त्री गगन थापाले बताउनुभयो । आयका आधारमा प्रिमियरको योगदान गर्ने र तिर्न नसक्नेको सरकारले तिरिदिने व्यवस्था भएकाले स्वास्थ्य सेवामा सवै नागरिकको पहुँच पुग्ने उहाँको भनाइ छ । औषधी सस्तो बनाउनु पर्ने तर्फ ध्यानाकर्ष गराउदै उहाँले औषधी सस्तो गराउन नसकिए विमा ऐन लागु भएपनि नागरिकले राहत महशुषगर्न नसक्ने बताउनुभयो ।

अब प्रत्येक परिवारलाई इकाइका रुपमा मानिने र परिवारका सबै सदस्य स्वास्थ्य बीमामा अनिवार्य आवद्ध हुनुपर्ने व्यवस्था छ । बीमामा आवद्ध हुन निश्चित रकम अर्थात प्रिमियम तिर्नुपर्छ । तर, गरिबीको रेखामुनि रहेका र प्रिमियम तिर्न नसक्ने परिवारका हकमा सरकार आफैंले रकम तिरिदिने व्यवस्था राखिएको छ । 

प्रिमियममा रकम कति तिर्ने भन्ने विषयमा भने नियमावली बनाएर पछि स्पष्ट पारिने भएको छ । निशुल्क कार्यक्रमलाई पनि क्रमश बीमामा समावेश गर्दै जाने व्यवस्था पनि विधेयकमा राखिएको छ । विधेयक अनुसार नवजात शिशु, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्तलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गर्नु निजको संरक्षक तथा अभिभावकको कर्तव्य हुनेछ । 

यस्तै वृद्घाश्रम, अनाथालय, बाल सुधार गृह लगायतका संस्थाहरूमा आश्रित व्यक्तिलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गर्नु त्यस्तो संस्थाको व्यवस्थापकको कर्तव्य हुने, राष्ट्र सेवक मानिने व्यक्ति तथा बैदेशिक रोजगारीमा जाने कामदारको परिवारले स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुनुपर्ने व्यवस्था पनि ऐनमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया