MENU

राजनीति

Ncell Axiata
NIC Asia

प्रमुख निर्वाचन आयुक्तको सरकारलाई आग्रह : अप्रिय निर्णय नगर्नुस्

काभ्रे, असोज २४ – मुख्य निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सरकारलाई अप्रिय निर्णय नगर्न आग्रह गर्नुभएको छ । 

काभ्रेको धुलिखेलमा सुरु भएको ७७ वटा नै जिल्लाका मुख्य निर्वाचन अधिृकत र निर्वाचन अधिकृतहरुलाई दिइएको निर्वाचन सञ्चालन तथा ब्यवस्थान प्रशिक्षक कार्यक्रममा बोल्दै प्रमुख आयुक्त यादवले आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनाव सम्बन्धीको सम्पूर्ण काम अन्तिम चरणमा पुगेकोले  सरकारलाई कुनै अप्रिय निर्णय नलिन आग्रह गर्नुभएको हो । 

प्रमुख आयुक्त यादवले प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव स्थानीय निकायको चुनावभन्दा फरक रहेकाले उम्मेदवारहरुले शक्ति, पैसा र जनबल प्रयोग गरेर चुनावलाई प्रभावित पार्न सक्ने भएकाले उहाँले सुरक्षा निकाय र स्थानीय सरकार त्यही अनुसार परिचालन हुनुपर्नेमा जोड दिनुभयो । 

निर्वाचन आयोगको आयुक्त सुधिर कुमार शाहले निर्वाचन तोकिएकै मिति र समयमा सम्पन्न हुने भएकाले अरु कसैले फिजाएको भ्रममा नपर्न मुख्य निर्वाचन र निर्वाचन अधिृकृतहरुलाई आग्रह गर्नुभयो । उहाँले चुनावमा नियम उलंघन गर्ने राजनीतिक दल र त्यसका कार्यकर्ता भएकाले त्यसतर्फ ध्यान दिन सबैलाई आग्रह गर्नुभयो ।

दुई दिनसम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा ७७ जना मुख्य निर्वाचन अधिृकत र नेपाल सरकारका न्याय सेवाका उप–सचिवस्तरका निर्वाचन अधिृकत गरी १७४ जनाको सहभागिता रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया