MENU

खेल

Ncell Axiata

रोनाल्डो विश्वकपमा हुने भए, पोर्चुगलको रुस यात्रा पक्का

असोज २५ – युरोपियन च्याम्पियन पोर्चुगल आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट भएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘बी’ मा रहेको पोर्चुगलले मंगलबार राति भएको छनौटको अन्तिम खेलमा स्वीट्जरल्याण्डलाई २–० ले हराउँदै सोझै विश्वकपमा स्थान बनाएको हो । घरेलु मैदान लिस्बोनमा भएको खेलमा पोर्चुगललाई जिताउन भ्यालेन्टे सिल्भाले एक गोल गरे भने स्वीट्जरल्याण्डका डिजोउरोउले आत्मघाती गोल गरे ।४१ औं मिनेटमा डिजोउरोउको आत्मघाती गोलबाट पोर्चुगलले पहिलो हाफमा १–० को अग्रता लियो । ५७ औं मिनेटमा सिल्भाले गोल गर्दै पोर्चुगलको विश्वकप यात्रा तय गरे । हारपछि समूहको दोस्रो स्थानमा रहेको स्वीट्जरल्याण्डले भने विश्वकप छनौटका लागि प्ले–अफ खेल्नु पर्ने भएको छ । पोर्चुगलले विश्वकप छनौटका १० खेलमा ३२ गोल गरेको छ । पोर्चुगलको जितको अर्थ स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो विश्वकपमा हुने भएका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया