MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata

क्याटालोनियालाई तत्काल स्वतन्त्र घोषणा नगरिने

असोज २५ – स्पेनको उत्तर पूर्वी राज्य क्याटालोनियालाई तत्काल स्वतन्त्र घोषणा नगरिने भएको छ । क्याटालोनियाको स्थानीय संसदलाई संबोधन गर्दै क्याटालोनियाका नेता कार्लस पुजिमोन्टले स्वतन्त्र क्याटालोनियाको पक्षमा प्राप्त जनमतको पालना गर्ने तर पहिले केन्द्र सरकारसँग समस्या समाधानका लागि वार्ता गर्ने बताउनुभयो । यद्यपी क्याटालोनियाको स्वतन्त्रताको घोषणापत्रमा भने नेताहरुले हस्ताक्षर गरेका छन् ।

संसदमा सम्बोधन अघि क्याटालोनियका नेता पुजिमोन्टले क्याटालोनियालाई स्वतन्त्रता राज्य घोषणा गर्ने अपेक्षामा थिए । नेता पुजिमोन्टले शान्तीपूर्ण प्रदर्शन कायम राख्न आग्रह गर्नुभएको छ ।

गएको अक्टोबर १ मा भएको जनमत संग्रहमा बहुमत नागरिकले स्पेनबाट क्याटालोनियाको स्वतन्त्रताको पक्षमा मतदान गरेका थिए । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया