MENU

खेल

Ncell Axiata
NIC Asia

फ्रान्सले विश्वकपमा स्थान बनायो

असोज २५ – फ्रान्स आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट भएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत मंगलबार राति भएको खेलमा बेलारुसलाई २–१ ले हराएको फ्रान्सले पनि विश्वकपमा स्थान पक्का गरेको हो । फ्रान्स समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै विश्वकपका लागि छनौट भएको हो । फ्रान्सलाई जिताउन ओलिभर जिरउड र एन्टोनी ग्रिजम्यानले गोल गरे । बेलारुसका लागि एन्टोन सारोकाले एक गोल फर्काए । नेदरल्याण्डससँग २–० ले पराजित भएपनि स्वीडने भने प्ले–अफमा स्थान बनाउन सफल भएको छ । अघिल्लो विश्वकपमा तेस्रो भएको नेदरल्याण्डस भने बाहिरिएको छ । यस्तै समूह ‘एच’ को खेलमा जिब्रालटारलाई ४–० ले हराएको ग्रिसले प्ले–अफमा स्थान सुरक्षित गरेको छ । यसअघि नै छनौट भइसकेको बेल्जियमले साइप्रसलाई ४–० ले नै हरायो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया