MENU

खेल

Ncell Axiata

१०९ औं मिनेटमा गोल, सिरियाको विश्वकप सपना टुट्यो

असोज २५ – एसियाली देश सिरियाको अस्वभाविक विश्वकप फुटबल सपना टुटेको छ । आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा छनौटका लागि भएको पहिलो चरणको प्ले–अफमा अस्ट्रेलियाले सिरियाको विश्वकप सपना तोडेको हो । प्ले–अफको दोस्रो लेग अन्तर्गत मंगलबार बेलुका भएको खेलमा अस्ट्रेलियाले सिरियालाई २–१ ले हरायो र समग्रमा ३–२ को जितसहित अर्को चरणको प्ले–अफमा स्थान बनाएको छ । पहिलो लेगमा १–१ को बराबरी भएकाले दोस्रो लेगको निर्धारित समयमा पनि १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । सिरियाका लागि छैटौं मिनेटमा अल सोमा तथा अस्ट्रेलियाका लागि १३ औं मिनेटमा टिम काहिलले गोल गरेका थिए । तर ९४ औं मिनेटमा अल माउवाज दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सिरिया १० खेलाडीमा सीमित भयो । त्यसको पाँच मिनेटपछि काहिलले अस्ट्रेलियाका लागि महत्वपूर्ण गोल गरे । यो गोलले अस्ट्रेलियालाई विश्वकप छनौटको अर्को प्ले–अफमा पु¥यायो भने सिरियाको यात्रा टुंगियो । अस्ट्रेलियाले अब विश्वकपमा छनौट हुनका लागि पानामा, होन्डुरस वा अमेरिकासँग दुई लेगको प्ले–अफ खेल्ने छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया