MENU

खेल

Ncell Axiata

विश्वकप छनौटः युरोपबाट कुन कुन देश प्ले–अफमा ?

असोज २५ – आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि युरोपियन क्षेत्रको समूहगत छनौटका खेल सकिएको छ । यसबाट ९ समूहका विजेताले रुस यात्रा तय गरेका छन् । 

यसरी समूह विजेता बन्दै रुस यात्रा तय गर्नेमा समूह ‘ए’ बाट फ्रान्स, समूह ‘बी’ बाट पोर्चुगल, समूह ‘सी’ बाट साबिक विजेता जर्मनी, समूह ‘डी’ बाट सर्बिया, समूह ‘ई’ बाट पोल्याण्ड, समूह ‘एफ’ बाट इंग्ल्याण्ड, समूह ‘जी’ बाट स्पेन, समूह ‘एच’ बाट बेल्जियम र समूह ‘आई’ बाट आइसल्याण्ड रहेका छन् । 

युरोपियन क्षेत्रबाट अब चार देशले विश्वकपमा स्थान बनाउने छन्, प्ले–अफ मार्फत । त्यसका लागि ९ समूहका उत्कृष्ट ८ उपविजेताले प्ले–अफमा स्थान बनाएका छन् ।

यसरी प्ले–अफमा स्थान बनाउनेमा स्वीट्जरल्याण्ड, इटाली, क्रोएसिया, डेनमार्क, नर्दन आयरल्याण्ड, स्वीडेन, रिपब्लिक अफ आयरल्याण्ड र ग्रिस छन् ।

समूह ‘एफ’ उपविजेता बनेको भएपनि स्लोभाकिया उत्कृष्ट ८ समूह उविजेतामा पर्न सकेन र प्ले–अफमा पुगेन । युरोपियन क्षेत्रको प्ले–अफका लागि आउँदो सोमबार ड्र सार्वजनिक हुनेछ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया