MENU

खेल

Ncell Axiata

दुई आत्मघाती गोल र चार गोल गरेको उरुग्वे विश्वकपमा छानियो

असोज २५ – उरुग्वे आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट भएको छ । दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत बुधबार बिहान भएको अन्तिम खेलपछि उरुग्वेले रुस यात्रा तय गरेको हो । घरेलु मैदानमा भएको खेलमा उरुग्वेले बोलिभियालाई ४–२ ले हराएको हो । यो खेलमा सबै ६ गोल उरुग्वेले गरेको हो । २४ औं मिनेटमा गास्तोन सिल्भाले आत्मघाती गोल गरेपछि बोलिभियाले अग्रता लियो । तर ३९ औं मिनेटमा मार्टिन कासेरेसले उरुग्वेका लागि बराबरी गोल फर्काए । ४२ औं मिनेटमा एडिसन काभानीले गोल गर्दै अग्रता २–१ मा पुर्‍याए । लुइस स्वारेजले ६० र ७६ औं मिनेटमा गरी दुई गोल गरेपछि उरुग्वेले ४–१ को अग्रता लियो । तर ७९ औं मिनेटमा डिएगो गोडिनले आत्मघाती गोल गरेपछि बोलिभियाको पक्षमा दुई गोल भयो । दुई आत्मघाती गोल र चार गोल पछि ४–२ ले विजयी भएको उरुग्वे ३१ अंकसहित दोस्रो स्थानमा रहँदै रुस विश्वकपका लागि छनौट भएको हो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया