MENU

खेल

Ncell Axiata
NIC Asia

कोलम्बिया विश्वकपमा स्थान बनाउन सफल

असोज २५ – कोलम्बिया आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा स्थान बनाउन सफल भएको छ । दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत बुधबार बिहान भएको आफ्नो अन्तिम खेलमा बराबरी गरेर पनि कोलम्बिया विश्वकपमा छानिन सफल भएको हो । अवे मैदानमा भएको खेलमा कोलम्बिया पेरुसँग १–१ को बराबरीमा रोकिएको हो । कोलम्बियाका लागि जेम्स रोड्रिग्वेजले ५६ औं मिनेटमा गोल गरे । यस्तै पेरुका लागि ७४ औं मिनेटमा गुएरिरोले बराबरी गोल फर्काए । बराबरीमा रोकिए पनि दक्षिण अमेरिकी क्षेत्रका १० देशमध्ये चौथो स्थानमा रहँदै कोलम्बियाले रुस यात्रा तय गरेको हो । यो क्षेत्रबाट शीर्ष चारमा रहने टोली सोझै विश्वकपमा छनौट हुन्छन् । कोलम्बिया २७ अंकसहित चौथो स्थानमा रहन सफल भयो । यस्तै २६ अंक भएको पेरुले पाँचौं स्थानमा रहँदै प्ले–अफमा स्थान बनाएको छ । पेरुले विश्वकप छनौटका लागि अब न्युजिल्याण्डसँग दुई लेगको प्ले–अफ खेल्ने छ ।  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया