MENU

खेल

Ncell Axiata
NIC Asia

विश्वकपमा छनौट भएर पानामाले बनायो इतिहास, अमेरिका छनौट हुन सकेन

असोज २५ – पानामा आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट भएको छ । उत्तर तथा मध्य अमेरिकी क्षेत्रको छनौट अन्तर्गत बुधबार बिहान भएको खेलमा कोस्टारिकालाई २–१ ले हराउँदै पानामाले रुस यात्रा पक्का गरेको हो । यसअघि नै छनौट भएको कोस्टारिकालाई हराउने क्रममा पानामाका लागि दुवै गोल रोमन टोरेसले गरे । उनले ५२ र ८८ औं मिनेटमा गोल गरेका हुन् । कोस्टारिकाका लागि ३६ औं मिनेटमा भेनेगासले गोल गरेका थिए । पानामा विश्वकपमा पहिलोपटक छनौट भएको हो । यस्तै मेक्सिकोलाई ३–२ ले हराएको होण्डुरसले प्ले–अफमा स्थान बनाएको छ । मेक्सिको यसअघि नै छनौट भइसकेको छ । होण्डुरसले अब विश्वकपमा स्थान बनाउका लागि अस्ट्रेलियासँग दुई लेगको प्ले–अफ खेल्नेछ । तर ट्रिनिडाड एण्ड टोबागोसँग २–१ ले पराजित भएको अमेरिकाले भने विश्वकपमा स्थान बनाउन सकेन । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया