MENU

अर्थ

Ncell Axiata
NIC Asia

रियाल र दिर्हाम कमजोर, रिंगिट र कोरियन वनको मूल्य बढ्यो

काठमाडौं, असोज २५ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७७ पैसा र विक्रिदर २७ रुपैयाँ ९३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ६१ पैसा र विक्रिदर २८ रुपैयाँ ७७ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ३६ पैसा र विक्रिदर २८ रुपैयाँ ५२ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ६८ पैसा र विक्रिदर २४ रुपैयाँ ८२ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ १८ पैसा र विक्रिदर ९ रुपैयाँ २३ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४४ रुपैयाँ ६९ पैसा छ भने विक्रिदर ३ सय ४६ रुपैयाँ ६८ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर २ सय ७६ रुपैयाँ २९ पैसा र विक्रिदर २ सय ७७ रुपैयाँ ८८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया