MENU

राजनीति

Ncell Axiata

संसदबाट आज राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक पारित गर्ने तयारी

काठमाडौं, असोज २५ – व्यवस्थापिका संसदको बुधबारको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक पारित गर्ने तयारी गरेको छ ।

दलहरुबिच कुरा मिले दिउँसो १ बजेपछि बस्ने बैठकले यो विधेयक पारित गर्ने तयारी गरेको संसद सचिवालयले जनाएको छ । तर फास्ट ट्रयाकबाट नै चुनाव सम्बन्धी विधेयक पारित गर्ने तयारी भएपनि राजनीतिक दलबिच कुरा नमिल्दा यो विधेयक पारित हुन सकेको छैन ।

दलहरुबिच एकल संक्रमणिय वा बहुमतीय प्रणालीमा जाने भन्ने विषयमा कुरा नमिल्दा विधेयक पारित हुन नसकेको हो ।

कांग्रेसले एकल संक्रमणिय प्रणाली अपनाउनुपर्ने र एमाले–माओवादीले बहुमतीय प्रणाली अपनाउनुपर्ने अडान राख्दै आएका छन् । यस्तै बुधबारको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी पनि गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया