MENU

समाज

Ncell Axiata
NIC Asia

भारतले गोरखामा १० विद्यालय भवन बनाउने

किरण लोहनी/उज्यालो । 

गोरखा, असोज २५ – भारत सरकारले गोरखाका १० विद्यालयको भवन बनाइदिने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो भारत भ्रमणका क्रममा विद्यालय भवन निर्माण सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

भूकम्प प्रभावित सबै जिल्लामा पूर्वाधार निर्माणमा सघाउन लागेको भारत सरकारले गोरखामा भने १० विद्यालय भवन बनाउने पक्का भएको जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीले बताउनुभयो ।

भारत सरकारको सहयोगमा रत्नलक्ष्मी मावि डुम्रीडाँडा, अमरज्योती जनता मावि लुईटेल, महालक्ष्मी मावि लक्ष्मीबजार, तारा मावि छेपेटार, गण्डकी मावि थूमी र मञ्जुश्री मावि काशिगाउँको भवन बन्ने भएको हो । यस्तै कृष्णज्योती मावि गाँखु, सूर्योदय मावि घ्याल्चोक, बुद्ध मावि सिर्दिबास र जागेश्वर मावि बोर्लाङको पनि भारत सरकारकै सहयोगमा नयाँ भवन बन्ने छ । 

यी मध्ये भारतीय प्राविधिकहरुले केही विद्यालयको सर्वे थालिसकेका जिल्ला शिक्षा अधिकारी सुवेदीको भनाई छ । बाँकी विद्यालयको पनि छिट्टै सर्वे सकेर अबको ३ महिनाभित्र भवन निर्माण सुरु गर्ने भारतीय पक्षले बताएको सुवेदीले जानकारी दिनुभयो ।

यसैबिच चीन सरकारले पनि गोरखाको विद्यालय भवन निर्माणमा सघाउने भएको छ । चीन सरकारको सहयोगमा सिंजाली मावि ताक्लुङको भवन बन्ने भएको हो । तर यो भूकम्पपछिको कार्यक्रम भने नभएको सुवेदीले जानकारी दिनुभयो । भूकम्प जानु अघि नै गरेको प्रतिबद्धता अनुसार चीन सरकारको सहयोगमा भवन बन्ने भएको हो ।

चिनियाँ पक्षले सर्वे लगायतका काम सकिसकेको छ । उसले पनि विद्यालय भवनसहित आवश्यक अन्य सबै पूर्वाधार निर्माण गर्नेछ । चीनको सहयोगमा बन्ने भवन देशकै नमुनामध्येको हुने जानकारी आएको जिल्ला शिक्षा अधिकारी सुवेदीको भनाई छ । 

भूकम्पले गोरखाका ४ सय ४४ विद्यालयमा क्षति पुगेको थियो । तिमध्ये २ सय ५ विद्यालयको भवन बनिसकेको छ भने ४६ निर्माणाधिन अवस्थामा छन् । अरु ४४ विद्यालयको भवन निर्माणका लागि स्रोत सुनिश्चित भएको र छिट्टै निर्माण सुरु हुने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । बाँकी १ सय ४९ विद्यालयको भवन निर्माणका लागि भने आर्थिक स्रोतको अभाव रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया