MENU

मनोरञ्जन

Ncell Axiata

​‘छक्का पञ्जा ३’ बन्ने, कलाकार दोहोरिने पक्का

काठमाडौं, असोज २५ – दीपाश्री निरौलाको निर्देशन रहेको सिनेमा ‘छक्का पञ्जा’ले नेपाली सिनेमाको इतिहासमा सबैभन्दा धेरै कमाउने सिनेमाको रेकर्ड राख्यो । मल्टिप्लेक्समा सय दिन मनाउने पहिलो सिनेमा पनि ‘छक्का पञ्जा’ नै बन्यो । त्यसअघि सिनेमा ‘दर्पण छायाँ’ले भने सिंगल थियटरमा सय दिन मनाएको थियो । 

पहिलो पटक निर्देशन गरेको सिनेमाको सफलता पछि दीपाश्रीले दोस्रो सिनेमा ‘छक्का पञ्जा २’ पनि निर्देशन गरिसकेकी छिन् । उनको दोस्रो निर्देशन रहेको सिनेमा ‘छक्का पञ्जा २’ ले सुखद मात्रै हैन आक्रामक व्यापार गरेको छ । रिलिज भएको १३ दिनमा सिनेमाले १२ करोड रुपैयाँमाथिको कारोबार गरिसकेको छ । 

एकातिर सिनेमा हेर्नेहरुको भिड छ भने अर्को तर्फ सिनेमा राम्रो छैन भनेर आलोचना गर्नेहरुको पनि कमी छैन । तर दर्शकले आफ्नो ब्राण्डमा देखाएको विश्वास र मायालाई आत्मसाथ गर्दै ‘छक्का पञ्जा’को टिमले ‘छक्का पञ्जा ३’ निर्माण गर्ने घोषणा गरेको छ । 

परिपक्व समीक्षक र दर्शकले देखाएका केही गल्तीहरुलाई स्वीकार गर्दै ती गल्तीहरुलाई भविष्यमा सुधार्ने भन्दै दीपकराज गिरीले सामाजिक सञ्जाल फेसबुकमार्फत आधिकारिक रुपमै आफूहरु ‘छक्का पञ्जा ३’ को तयारीमा जुटेको उल्लेख गरेका छन् । तर उनले सिनेमामा हुने कलाकारहरुको बारेमा भने खुलाएका छैनन् । तर दीपाश्रीका अनुसार ‘छक्का पञ्जा २’ कै कलाकारहरु दोहोरिने पक्का भएको छ । 

पाँच वर्षयता वर्षमा एउटा सिनेमा निर्माण गर्दै आएका दीपक र दीपाले अब भने वर्षमा दुईवटा सिनेमा निर्माण गर्ने मन बनाएका छन् । उनीहरुले कथा पाएको र आफूलाई मन परेको खण्डमा वर्षमा दुईवटा सिनेमा निर्माण गर्ने निर्णय लिएको बताएका छन् । 

त्यस्तै केही समय अघि नै रेडियो अडियोको कार्यक्रम फिल्मी चेकपोस्टमा कुराकानी गर्दै निर्देशक दीपाश्री निरौलाले ‘छक्का पञ्जा ३’ बनाउने कुरा खुलाएकी थिईन् । उनले ‘छक्का पञ्जा ३’ को लागि आफूरुले गीत पनि लिईसकेको बताएकी थिइन् ।

आमा ‘सरस्वती मुभिज प्राली’मार्फत दीपक र दीपाले  सिनेमा निर्माण गर्दै आएका छन् । उनीहरुकै निर्माण रहेको ‘छक्का पञ्जा २’ अहिले हलमा छ । 

‘छक्का पञ्जा २’मा दीपक राज गिरी, दीपक राज गिरी, केदार घिमिरे, विकास राज आचार्य, निशान बजगाईँ लगायत निर्माताको रुपमा छन् । सिनेमामा दीपक राज गिरी, प्रियंका कार्की, केदार घिमिरे, जितु नेपाल, वर्षा राउत, स्वस्तीमा खड्क, स्वरुप पुरुष ढकाल लगायतको मुख्य भूमिका छ । 

उज्यालो र www.gufgaff.com को सहकार्य

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया