MENU

राजनीति

Ncell Axiata
NIC Asia

मंसिर १० गतेको चुनाव सर्न सक्छ : कानुन मन्त्री थापा

काठमाडौं, असोज २५ – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले मंसिर १० गतेको चुनाव तलमाथि भए पनि मंसिर २१ गतेको चुनाव तलमाथि नहुने स्पष्ट बताउनुभएको छ ।  

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री थापाले मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव केही कारणले तलमाथि भए पनि मंसिर २१ गते हुने चुनाव कुनैपनि हालतमा नसर्ने बताउनुभयो ।  

मन्त्री थापाले मंसिर १० मा तोकिएको चुनाव सर्न सक्ने संकेत गर्नुभयो । मन्त्री थापाले विकसित राजनीतिक अवस्थाका कारण मंसिर १० गते तोकिएको चुनाव मंसिर २१ गते सर्न सक्ने बताउनुभएको हो ।   

केन्द्र र प्रदेश सभाको चुनाव एकैचोटी गर्ने गृहकार्य भैरहेको भन्दै मन्त्री थापाले प्रतिपक्षलाई सरकारका गतिविधिलाई साथ दिनको लागि समेत आग्रह गरे । उहाँले भन्नुभयो ‘प्रतिपक्षले सरकारलाई सहयोग गर्नुपर्छ, शंका गरेर हुँदैन । निर्वाचन हुँदैन कि, सरकारले निर्वाचनको मिति सार्छ कि ? भनेर शंका गरेको छ, विगतका निर्वाचनमा पनि एमाले शंका गरेको थियो, सरकारले त्यो शंकालाई व्यर्थ सावित गरिदिएको थियो ।’

५९ जना सदस्य रहने राष्ट्रिय सभाका सदस्यमध्ये ५६ जना निर्वाचित हुने र ३ जना प्रतिनिधि मनोनित हुने जानकारी दिँदै मन्त्री थापाले राष्ट्रपति र उप–राष्ट्रपतिको चुनावको लागि कानुन बनिसकेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया