MENU

राजनीति

Ncell Axiata
NIC Asia

फोरम अध्यक्ष यादव मोरङ क्षेत्र नं– ५ बाट सिफारिस

मोरङ, असोज २५ – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नाम प्रतिनिधिसभा सदस्यका लागि मोरङको क्षेत्र नं –५ बाट सिफारिस गरिएको छ । 

त्यस क्षेत्रबाट उहाँको एक मात्र नाम सिफारिस गरी पार्टीको केन्द्रीय कार्यसमितिमा पठाइएको पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादवले जानकारी गराउनुभयो । 

पार्टी अध्यक्ष यादव मोरङ क्षेत्र– ५ अन्तर्गत विराटनगर–१४ को स्थायी बासिन्दा हुनुहुन्छ । सिरहा जिल्लाको क्षेत्र नं–१ बाट पनि उहाँको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको बताइएको छ । 

साथै ५ वटा संसदीय क्षेत्र र १२ वटा प्रदेश सभाका लागि पनि उम्मेदवारको नाम सिफारिस गरिएको उहाँले जानकारी गराउनुभयो । – रासस
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया