MENU

राजनीति

Ncell Axiata
NIC Asia

बाम एकता कांग्रेसको लागि सुवर्ण अवसर : रक्षामन्त्री

काभ्रे, २५ असोज – रक्षामन्त्री भिमसेनदास प्रधानले बाम एकता कांग्रेसको लागि सुवर्ण अवसर भएको बताउनुभएको छ । नेपाल प्रेस युनियनको आयोजनामा बुधबार धुलिखेलमा आयोजित ‘वर्तमान राजनैतिक अवस्थामा संविधान कार्यान्वयन र सञ्चार क्षेत्रको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री प्रधानले बाम एकताले गर्दा पार्टीको संगठनलाई मजबुत बनाउन सहयोग पुग्ने भएको हुनाले कांग्रेसको लागि सुवर्ण अबसर भएको बताउनुभएको हो । उहाँले बाम गठबन्धनले २ तिहाई बहुमत पुर्‍याएर साम्यबाद लागु गर्न लागेको आरोप लगाउनुभयो । 

कार्यक्रममा सञ्चारराज्य मन्त्री तप्तबहादुर बिष्टले साम्यवाद लाद्न बाम गठबन्धन गरेको आरोप लगाउनुभयो । उहाँले बहुमत ल्याउने अनि संविधान संसोधन गरेर कार्यकारी राष्ट्रपति बनाउने योजनामा बाम गठबन्धन भएको समेत बताउनुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरही, महासंघका महासचिव रमेश विष्ट लगायतले मिडियाको भूमिका बारे मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा बर्तमान राजनीतिक अबस्थामा मिडियाको भूमिकाबारे महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा र सञ्चारिका समूहका पूर्वअध्यक्ष बबिता बस्नेतले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । पत्रकार समिरजंग शाह र पत्रकार अनिता विन्दुले कार्यपत्रको टिप्पणी गर्नुभएको थियो । 
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया