MENU

राजनीति

Ncell Axiata
NIC Asia

नेकपा माओवादी र नेकपा संयुक्तबिच पार्टी एकता

काठमाडौं, असोज २५ – नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तबिच पार्टी एकता भएको छ । बुधबार दिउँसो काठमाडौंमा भएको एक कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा संयुक्तका अध्यक्ष गणेश साहले पार्टी एकता भएको घोषणा गर्नुभएको हो । 

माओवादीले यसअघि नै एमालेसँग चुनावी तालमेल र पार्टी एकता गर्ने घोषणा गरिसकेको छ । दुई नेताले संयुक्त रुपमा निकालेको विज्ञप्तिमा सैद्धान्तिक, राजनीतिक तथा संगठनात्मक विषयमा खुला र मैत्रीपूर्ण छलफलबाट समान धारणा बनाउन प्रयत्न गरिने उल्लेख छ । माओवादी र नेकपा संयुक्तले पार्टी एकतामा आबद्ध सबै तहका नेता तथा कार्यकर्तालाई सम्मानजनक समायोजन र व्यवस्थापन गर्ने घोषणा पनि गरेका छन् । 

पार्टी एकता घोषणा कार्यक्रममा प्रचण्डले कम्युनिष्टहरुको बृहत एकता र ध्रुवीकरणमार्फत नेपालमा सामाजवादी क्रान्ति सम्पन्न गर्ने र विश्व सर्वहारा वर्गलाई नयाँ सन्देश दिने जिम्मेवारी नेपालका कम्युनिष्टहरुको काँधमा आएको बताउनुभयो । 

नेकपा संयुक्तका अध्यक्ष गणेश साहले शान्तिपूर्ण राजनीतिक परिवर्तनमा अगाडि बढेको माओवादीसँग पार्टी एकता हुँदा कम्युनिष्ट आन्दोलनमा नयाँ गति पैदा हुने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया