MENU

राजनीति

Ncell Axiata
NIC Asia

राप्रपा प्रजातान्त्रिकको उम्मेदवार सिफारिस

खोटाङ, असोज २५ – राप्रपा प्रजातान्त्रिक खोटाङले आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको चुनावका लागि उम्मेदवार सिफारिस गरेको छ । राप्रपा प्रजातान्त्रिकले मंसिर १० र २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ धर्मराज पोखरेल र समानुपातिकतर्फ रबिन चामलीङलाई सिफारिस गरेको छ । 

प्रदेशसभाको चुनावको लागि क्षेत्र नम्बर १ बाट प्रत्यक्षमा चन्द्रसिंह बस्नेत र रामबहादुर गुरुङ तथा समानुपातिकतर्फ विजयकला राई, चन्द्रबहादुर बुढाथोकी र केशर कामीको नाम सिफारिस गरिएको छ । यस्तै, प्रदेशसभाका लागि क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ हरिबहादुर भट्टराई र प्रकाश थापा तथा समानुपातिकतर्फ अम्बरबहादुर केसी, काशीराज राई र कुमारीकृष्ण राईको नाम सिफारिस गरिएको राप्रपा प्रजातान्त्रिकले जनाएको छ । 

पार्टीको मंगलबार दिक्तेलमा बसेको बैठकले उम्मेदवारको नाम टुंगो लगाएको हो । बैठकले पञ्चायतकालदेखि पार्टीमा क्रियासिल रहेका अम्बरबहादुर केसीलाई केन्द्रीय सदस्यमा सिफारिस गर्ने निर्णय गरेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया