MENU

राजनीति

Ncell Axiata
NIC Asia

उम्मेदवार बन्न नपाउने गरी सजाय भोगेका भ्रष्टाचारी खुमबहादुर खड्का टिकट बाँड्ने संयन्त्रमा

काठमाडौं, असोज २५ – नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि उम्मेदवार छान्न १७ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ । कांग्रेसको विधानमा संसदीय समिति १४ सदस्यीय हुने प्रावधान भए पनि सभपति देउवाले विधान मिच्दै १७ सदस्यीय समिति गठन गर्नुभएको हो । 

दलको विधानमा पदाधिकारी र बढीमा ८ जना निर्वाचित हुने व्यवस्था रहेको संसदीय समितिमा सभापति बाहेकको व्यक्ति संसदीय दलको नेता हुँदा बढीमा १५ सदस्यीय हुने व्यवस्था छ । भ्रष्टाचारी ठहर भएर जेल बसिसकेका खुमबहादुर खड्कालाई चुनावमा उम्मेद्वार बन्न कानुनले छेके पनि खड्का कांग्रेसको उम्मेद्वार चयन गर्ने समितिमा परेका छन् । 

खड्का दाङबाट प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारको सिफारिसमा पनि परेका छन् । संसदीय बोर्डले चुनावमा उम्मेदवार छान्ने तथा सरकारमा जाँदा मन्त्रीहरुको नाम टुंगो लगाउने भएकाले सबैभन्दा शक्तिशाली संरचना मानिन्छ । 

बोर्डमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महान्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवि यादव, नेताहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, रामशरण महत, अर्जुन नरसिंह केसी, गोपालमान श्रेष्ठ, महेश आचार्य  पर्नुभएको छ । त्यस्तै, पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, चित्रलेखा यादव, प्रकाशशरण महत, बालकृष्ण खाँड पनि संसदीय बोर्डमा पर्नुभएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया