MENU

साहित्य/ कला

Ncell Axiata
NIC Asia

झुमाको ‘घाटुसरी’ युरोपका विभिन्न शहरमा

काठमाडौं, असोज २५ – नेपाली सांगीतिक तथा सांस्कृतिक विषयवस्तु समेटिएको वृत्तचित्र ‘घाटुसरी’ युरोपका विभिन्न शहरमा प्रदर्शन हुने भएको छ ।  झुमा लिम्बु आफ्नो सांगीतिक सांस्कृतिक वृत्तचित्र ‘घाटुसरी’ युरोपका विभिन्न शहरमा प्रदर्शनका लागि लिएर जान लागेकी हुन् । 

नेपाली संगीत परम्परा र सांस्कृतिक अन्तर्सम्बन्धका मौलिक विशेषताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिने उद्देश्यले आफू युरोप भ्रमणमा जान लागेको झुमाले बताइन् ।  

मंगलबार सम्पन्न वृत्तचित्र प्रदर्शनपछि लेखक, पत्रकार तथा फिल्मकर्मीहरु माझ उनले भनिन्, ‘यसअघि मुन्धुममा गायनको विकासक्रमबारे अध्ययन गरेकी थिएँ । तर यस पटक घाटुसरीभित्रको सांगीतिक प्रभाव र परम्पराबारे अध्ययन गरेकी छु ।’

घाटुसरी परम्परा लमजुङ जिल्लाका स्थानीय गुरुङ, मगर, दुरा, कुमाल र बराम जातिमा प्रचलित छ । झुमाको अध्ययन, अनुसन्धान भने नाल्मा र बेसीसहरमा प्रचलित गुरुङ परम्पराको सतीघाटुमा केन्द्रित छ । घाटुसरीको संगीत लयमा झुम्दै नृत्यांगना बेहोस हुने र संगीतबाटै फेरि ब्युँझने शक्ति देखेर मनमा अनेक जिज्ञाशा जन्मेको झुमा बताउँछिन् । 

मुन्धुम संस्कृतिमा आधारित पछिल्लो गीति संग्रह ‘खासाम’ तयार पार्ने क्रममा झुमाले पूर्वी नेपालका पहाडी भूभागदेखि भारतको  दार्जीलिङ, कालिम्पोङ र सिक्किमको विभिन्न ठाउँमा बसेर अध्ययन गरेकी थिइन् । यस पटक मध्य नेपाललाई सांगीतिक सोधखोजको थलो बनाएकी उनी भविष्यमा सुदूरपश्चिमलगायतका भेगका संगीत संस्कृतिको अनुसन्धान गर्ने तयारीमा छिन् ।

 

संगीतसम्बन्धी जानकारी बटुल्नकै लागि अनेक ठाउँ घुमेकी उनी भन्छिन्, ‘कतिपय गीत सङ्गीतका लागि घुम्नै पर्ने हुन्छ । कोठाभित्र रचिएका गीत संगीत पनि मीठो त सुनिएलान्, तर गीत संगीतले कुनै पनि संगीतको साँचो प्रतिनिधित्व गर्न सक्दैन ।’ 

उनको तर्क छ, ‘मौलिक काम गर्ने हो भने घुम्न जरुरी छ । किनकी जे मौलिक र खास छन्, ती हाम्रा  लोकजीवन र संस्कारजन्य अभ्यासमै छन् ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • प्रेम प्यासीको ‘आँसुका थोपा’ सार्वजनिक

    तेह्रथुम, २८ मंसिर –कवि प्रेम प्यासीको पहिलो साहित्यिक कृति ‘आँसुका थोपा’ शोक काव्य बिहीबार सार्वजनिक भएको छ ।

  • स्वरसम्राट नारायण गोपालको २७ औं स्मृति दिवस आज

    काठमाडौं, मंसिर १९ – स्वरसम्राट नारायण गोपालको २७ औं स्मृति दिवस मंगलबार विभिन्न कार्यक्रम गरी मनाईंदैछ । नेपाली सुगम संगीतका अजम्बरी गायक नारायण गोपालको सम्झनामा विभिन्न कार्यक्रम हुँदैछन् ।

  • नारायणगोपाल स्मृति सम्मान गायक रसाइलीलाई

    काठमाडौं, मंसिर १७ – नारायणगोपाल संगीत कोषले यस वर्ष नारायणगोपाल स्मृति सम्मान वरिष्ठ संगीतकार एवं गायक सिके रसाइलीलाई प्रदान गर्ने भएको छ ।

  • कविता - मेरो ओठमा हाँसो सुहाउँछ

    -जब मैले प्रतिवाद गरेँ नि, त्यतिबेला झर्नै आँटेको वीर्य पाइपनलीमै अड्किँदा कसरी छटपटाएका थियौ तिमी हो, त्यो भन्दा कैयौँ पीडा हुन्छ मलाई झर्नै खोजेको आँशु फेरि भित्र धकेलेर फिस्स मुस्कुराउनु पर्दा !

  • १३ जना कविद्वारा लिखित संयुक्त महाकाव्य ‘आरोहण’ सार्वजनिक

    काठमाडौं, मंसिर १६ – नेपाली महाकाव्यको इतिहासमा पहिलोपटक १३ जना कविद्वारा लिखित संयुक्त महाकाव्य ‘आरोहण’ लोकार्पण भएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डका लागि समेत महाकाव्य ‘आरोहण’ तयार गरिएकोे प्रकाशक संस्था शिखा बुक्सले जनाएको छ ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया