MENU

समाज

Ncell Axiata
NIC Asia

चाडका बेला विष्फोटक पदार्थ प्रयोग नगर्न आग्रह

कैलाली, असोज २५ – जिल्ला प्रशासन कार्यालय कैलालीले तिहार तथा छठ चाडको अवसरमा भूइचम्पा, पटाका, आतिशबाजी जस्ता विष्फोटक पदार्थको उत्पादन, आयात, निर्यात, बिक्री वितरण र प्रयोगमा रोक लगाएको छ । 

बुधबार एक सार्वजनिक सूचना प्रकाशित गरी कार्यालयले पटाका, आतिशबाजी जस्ता विष्फोटक पदार्थको प्रयोगले सर्वसाधारण जनताको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले यस्ता पदार्थको बिक्री वितरण र प्रयोग नगर्न आग्रह गरेको छ । यदि यसो गरिएको पाइए कारबाही हुने चेतावनी पनि कार्यालयले दिएको छ । 

सूचनामा तिहार र छठका अवसरमा खेलिने देउसीभैंलो जस्ता साँस्कृतिक कार्यक्रम पनि राति १० बजेसम्म मात्र खेल्न आग्रह गरिएको छ । – रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया