MENU

समाज

Ncell Axiata
NIC Asia

सिटिइभिटीका प्रमुखलाई कालोमोसो

भक्तपुर, असोज  २५ – प्राविधिक तथा व्यावसायिक तालीम परिषद् सिटिइभिटीको सम्बन्धन महाशाखाका प्रमुख जीवनारायण काफ्लेलाई आज उहाँकै कार्यकक्षमा विद्यार्थीले कालोमोसो दलेका छन् । 

प्रहरीका अनुसार नेपाल विद्यार्थी संघका उपाध्यक्ष पुष्पकुमार शाही, अर्जुन बमसहितको विद्यार्थी टोलीले काफ्लेको कार्यकक्षमै पुगेर कालोमोसो दलेका थिए । 

केही दिनअघि सिटिइभिटीले नर्सिङ्गलगायत स्वास्थ्यका विभिन्न विषयमा प्रमाणपत्र तहमा अर्को शैक्षिकसत्रका लागि विद्यार्थी भर्ना गर्ने गरी सम्बन्धन दिएको विरोधमा विद्यार्थीले कालोमोसो दलेका हुन् । 

कालोमोसो दलेलगत्तै प्रहरी पुगेपछि विद्यार्थीहरू पछाडिको ढोकाबाट भागेको प्रहरीले बताएको छ । 

शिक्षामन्त्रीको अध्यक्षतामा बसेको बोर्ड बैठकले सम्बन्धन दिएको भएपनि कालोमोसो कर्मचारीलाई दलिएको भन्दै सिटिइभिटीका कर्मचारीले भने विरोध गरेका थिए । – रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • चार शहरमा एनसेलको फोरजी केन्द्रित मेला हुने

    काठमाडौं, मंसिर २६ – मोबाइल सेवा प्रदायक एनसेलले देशको चार शहरमा एनसेल मेला आयोजना गर्दैछ । ग्राहकसँग खुसी साटासाट गर्न आउँदो पुस ८ देखि पोखरा, विराटनगर, बुटवल र ललितपुरमा मेला आयोजना गर्न लागेको एनसेलले जनाएको छ ।

  • शर्मिलाले हिँड्दा हिँड्दै बाटोमै जन्माइन् छोरा

    जाजरकोट, मंसिर २६ – जाजरकोटमा एक महिला नियमित स्वास्थ्य जाँच गराउन अस्पताल जाँदा बाटोमा नै सुत्केरी हुनुभएको छ । कुशे गाउँपालिका–९ बाट सदरमुकाम खलंगा जाँदै गरेकी शर्मिला नेपालीले बाटोमा नै छोरा जन्माउनु भएको हो ।

  • पहाडी भूभागमा हिमपात

    कालिकोट, मंसिर २६ – कालिकोटको पहाडी भूभागमा वर्षा सँगै हिमपात भएको छ । लामो समय पानी नपरेको कालिकोटमा वर्षासँगै हिउँ परेको हो । कालिकोटको तल्लो भेगमा पानी परेपछि स्थानीय बासिन्दा खुसी भएका छन् ।

  • सप्तरीमा खुल्ला ठाउँमा दिसा गर्ने १२ जना पक्राउ

    सप्तरी, मंसिर २५ – सप्तरीमा खुला ठाउँमा दिसा गर्ने १२ जना भन्दा धेरै व्यक्ति पक्राउ परेका छन । सन् २०१७ सम्म जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्ने अभियानलाई चुनौती दिँदै खुल्ला शौच गर्ने व्यक्तिहरुलाई स्थानीयबासीले पक्राउ गरेर सामाजिक सजाय गर्न थालेका छन् ।

  • ​मर्निङवाक जाँदा दुवईमा एक नेपालीको मृत्यु

    मंसिर २४ – रोजगारीका लागि युएई आएका एक नेपालीको मर्निङवाकका क्रममा ज्यान गएको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया