MENU

समाज

Ncell Axiata

​पूर्वसहसचिव देवीप्रसाद वाराकोटीविरुद्ध २ करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, असोज २५ – प्रश्नपत्र छपाई तथा छात्रवृत्ति वितरणमा दुई करोडभन्दा बढी भ्रष्टाचार गरेको भन्दै उच्च माध्यमिक शिक्षा परिषदका तत्कालीन सहसचिव देवीप्रसाद वाराकोटीमाथि विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ । 

अहिले अवकाश प्राप्त वराकोटीले पदमा रहँदा प्रश्नपत्र छपाई तथा छात्रवृत्ति वितरण गर्दा २ करोड २ लाख ९० हजार ६ सय दुई रुपैयाँ ४८ पैसा भ्रष्टाचार गरेको र त्यसबाट १ करोड १७ ला ८३ हजार ५ सय ४६ रुपैयाँ सम्पत्ति बढाएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

सार्वजनिक पदमा रहँदा भ्रष्टाचार गरेका वाराकोटीमाथि ३ करोड २० लाख ७४ हजार १ सय ४९ रुपैयाँ माग दाबी गरेर मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया