MENU

राजनीति

Ncell Axiata
NIC Asia

आउँदो चुनावको सुनिश्चितताको लागि राप्रपा सरकारमा : अध्यक्ष थापा

काठमाडौं, असोज २५ – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालका अध्यक्ष कमल थापाले आउँदो चुनावको सुनिश्चितताको लागि सरकारमा जान लागेको बताउनुभएको छ ।

बुधबार बुटवलमा भएको पत्रकार सम्मेलनमा उहाँले संविधान कार्यन्वयनका लागि चुनाव सम्पन्न हुनु अनिवार्य भएकाले प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव सुनिश्चित गर्न सरकारलाई निसर्त र निस्वार्थ समर्थन गरेको बताउनुभएको हो ।

उहाँले बाम गठबन्धन भएपछि स्वभाविक रुपमा लोकतन्त्रवादी शक्ति एक हुनु आवश्यक भएको भन्दै नेपाली कांग्रेसको नेतृत्वमा बन्ने लोकतान्त्रिक गठबन्धनले बहुमत हाँसिल गर्ने दाबी गर्नुभयो ।

लोकतान्त्रिक गठबन्धनभित्र राप्रपाले प्राप्त गर्ने सिट संख्या एकीन भइनसकेको बताउदै थापाले सिटको बार्गेनिङ्ग भन्दा पनि लोकतन्त्रवादीको बहुमतका लागि राप्रपा लागिरहेको बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया