MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
NIC Asia

​६ वर्षका विद्यार्थीको जाँचमा २१ हजार शिक्षक फेल

असोज २५ – ६ वर्षका विद्यार्थीका लागि तयार पारिएको प्रश्नपत्रमा शिक्षकहरु नै फेल भएपछि नाइजेरियामा २१ हजार ७ सय ८० जना शिक्षकलाई बर्खास्त गरिने भएको छ । 

नाइजेरियाको उत्तरी राज्य कडुनामा प्राथमिक विद्यालयका ६ वर्षका विद्यार्थीलाई तयार पारिएको प्रश्नपत्रमा परीक्षा दिएकामध्ये एक तिहाई शिक्षक अनुतिर्ण भएको उक्त राज्यका गभर्नर नासिर एल– रुफाइले जानकारी दिनुभयो । 

बर्खास्त गरिने शिक्षकको ठाउँमा नयाँ २५ हजार योग्य शिक्षक नियुक्त गरिने पनि उहाँले बताउनुभयो । एल–रुफाईले विश्व बैंकका प्रतिनिधिहरुको भेटमा उक्त कुरा बताउनुभएको हो । 

एल–रुफाईको भनाइलाई उदृत गर्दै नाइजेरियाली अखबार ‘डेली ट्रष्ट’ ले लेखेको छ, ‘शिक्षक नियुक्तिमा विगतमा राजनीतिकरण गरियो । हामी राज्यको शैक्षिक प्रतिष्ठालाई उठाउन योग्य र युवा शिक्षकहरुलाई नियुक्त गरियोस् भन्ने चाहन्छौँ ।’ 

गभर्नर एल–रुफाईले राज्यमा रहेको शिक्षक विद्यार्थीको अनुपातको समस्यालाई पनि सम्बोधन गरिने बताउनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया