MENU

समाज

Ncell Axiata

​प्रशासनको दवावमा कारबाही नै नगरी छाडियो १६ वटा ट्रिपर

भक्तपुर, असोज २५ – माटो उत्खनन् गरेर अबैध रुपमा बिक्रीका लागि लैजाँदै गरेको १६ वटा ट्रिपरलाई चारदिन पछि बुधबार प्रहरीले कारबाही नै नगरी छाडिदिएको छ ।

कुनै पनि सरकारी निकायलाई कर समेत नतिरी अबैध रुपमा काठमाडौंतर्फ लैजाँदै गरेको माटो बोकेको ट्रिपरलाई महानगरीय प्रहरी बृत्त थिमिले गत आइतबार नियन्त्रणमा लिएको थियो । 

प्रहरीलाई जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति भक्तपुर र चाँगुनारायण नगरपालिका कार्यालयले दबाब दिएपछि प्रहरी बृत्त थिमिले कारबाही नै नगरी बुधबार साँझ १६ वटै गाडीलाई छाडिदिएको हो ।

चाँगुनारायण नगरपालिकाले स्थानीय वडा नं. ८ स्थित महेन्द्रग्राम माध्यामिक विद्यालय निर्माणका क्रममा ढिस्को खन्दा आएको माटो व्यबस्थापन गर्न भन्दै ७० वटा ट्रिपरको नम्बरसहित माटो व्यवस्थापन गर्न स्वीकृत दिएको पत्र देखाउदै अबैध माटो ओसार पसार गर्दै आएका थिए ।

जिल्ला समन्वय समितिको अनुमति विना माटो ओसार पसार गर्न नपाईने र माटो ओसार पसार गर्दा स्थानीय तहमा कर बुझाउनु पर्ने प्राबधान समेत उलंघन गरेर माटो बिक्री गरिदै आएको थियो । 

जिल्ला समन्वय समिति खानी शाखाका अनुसार नगरपालिकाले पत्र लेखेकै भरमा निःशुल्क माटो पठाउन नपाउनेमा जिल्ला प्रशासन, प्रहरी, जिल्ला समन्वय समिति र नगरपालिकाको मिलेमतोमा सयौ ट्रिपर माटो अबैध बिक्री गरेको छ ।

महानगरीय प्रहरी बृत्त थिमिले गाडी नियन्त्रणमा लिएको भोलीपल्ट नै आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समितिमा पत्र पठाए पनि मिलेमतोका आधारमा चारदिनसम्म समितिले कारबाही नगरी छाड्न निर्देशन दिएको छ । 
प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले प्रहरीले नियन्त्रणमा लिएको माटो बिक्रीका लागि काठमाडौं पठाउन नपाइने तर भक्तपुर मै व्यबस्थापन गरिने भन्दै छाडिदिन निर्देशन आएपछि छाडिदिएको बताउनुभयो । 

चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोम मिश्रले प्रहरीले नियन्त्रणमा लिएको माटोलाई फर्काएर भत्केकोपाटीबाट नगरकोट जाने बाटोको खाल्डोमा हाल्न निर्देशन दिएको बताउनुभयो । माटो बिक्री गर्न नपाईने भएपनि काठमाण्डौ लगेर माटो बिक्री गर्ने गरेको पाईएको बताउँदै उहाँले अब त्यहाँको माटोलाई काठमाडौं लान नदिई चाँगुमै व्यबस्थापन गरिने जानकारी आएको बताउनुभयो । 

व्यबसायीले भने निःशुल्क माटो उत्खनन् गरेर नगरपालिका र जिससलाई कर नतिरी अबैध रुपमा काठमाण्डौ लगेर प्रति ट्रिपर चार हजार रुपैयाँमा माटो बिक्री गर्दै आएको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया