MENU

खेल

Ncell Axiata
NIC Asia

मेस्सी र रोनाल्डोलाई पछि पार्ने नेइमारको योजना

असोज २६ – ब्राजिल तथा पेरिस सेन्ट–जर्मेन (पिएसजी) स्टार नेइमारले यो वर्ष नभए पनि अर्को वर्ष बालोन डी’ओरमा क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीलाई पछि पार्ने योजना बनाएका छन् । नेइमारले सन् २०१८ को बालोन डी’आरमा आफ्नो नाम लेखाउने योजना बनाएको स्पेनिस वेब साइट डन बालोनले दाबी गरेको छ । त्यसका लागि आउँदो वर्ष हुने विश्वकप फुटबलमा ब्राजिललाई उपाधि दिलाउने र त्यसले आफूलाई बालोन डी’ओरको यात्रा तय गराउने नेइमारको सपना छ । ब्राजिलसँगै रोनाल्डो कप्तान रहेको पोर्चुगल र मेस्सी कप्तान रहेको अर्जेन्टिना पनि विश्वकपमा छनौट भइसकेका छन् । आउँदो डिसेम्बरमा घोषणा हुने यो वर्षको बालोन डी’ओरका लागि रोनाल्डो र मेस्सीसहित नेइमार पनि मनोनयनमा परेका छन् । तर यसपटक पनि रोनाल्डो वा मेस्सीले अवार्ड जित्ने आंकलन गरिएको छ । यो दौडमा गएको सिजन रियल मड्रिडलाई ला लिगा र च्याम्पियन्स लिगको उपाधि दिलाएका रोनाल्डो अघि छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया