MENU

खेल

Ncell Axiata
NIC Asia

विश्वकपमा छनौट हुन नसकेपछि अमेरिकी फुटबलमा खलबली

असोज २६ – अमेरिका आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा नहुनु निकै दुःखको कुरा रहेको र यो अमेरिकी फुटबलका लागि अँध्यारो पाटो बन्ने अमेरिकी टिमका पूर्व डिफेन्डर एलेक्सी लालासले बताएका छन् । विश्वकप छनौट अन्तर्गत बुधबार बिहान भएको खेलमा ट्रिनिडाड एण्ड टोबागोसँग पारजित भएपछि अमेरिका विश्वकपमा छनौट हुन नसकेको हो । अमेरिका सन् १९८६ यता पहिलोपटक विश्वकपमा स्थान बनाउन असफल भएको हो ।

अमेरिकालाई लगातार आठौं पटक विश्वकपको यात्रा तय गर्नका लागि अन्तिम खेल बाँकी हुँदा एक अंक मात्रै चाहिएको थियो । तर छनौट चरणका अघिल्ला ९ खेलमा एक खेल मात्रै जितेको ट्रिनिडाड एण्ड टोबागोसँग २–१ ले पराजित भएर विश्वकप यात्रा गुमाउनु समग्र अमेरिकी फुटबलका लागि राम्रो नरहेको उनले बताएका छन् ।

अमेरिकी टिमको कमजोरीका कारण छनौट हुन नसकेको उनले आरोप लगाएका छन् । अमेरिकी टिमका मुख्य प्रशिक्षक बु्रस एरिनाले हारको जिम्मेवारी लिएका छन् । तर आफू र टिमले गरेको काम तथा नीतिमा कुनै कमजोरी भने नरहेको उनले दाबी गरेका छन् ।

तर अमेरिकी फुटबलको प्रशासकीय निकायका १७ निर्देशक मध्ये एक डोन्ना इ. शालालाले असफलता स्वीकार्य नरहेको र अब ठूलो परिवर्तनको समय आएको बताएका छन् । उत्तर तथा मध्य अमेरिकी क्षेत्रबाट अमेरिका छनौट हुन नसक्दा पानामाले पहिलोपटक विश्वकपमा स्थान बनायो भने होण्डुरसले प्ले–अफमा स्थान सुरक्षित गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया