MENU

अर्थ

Ncell Axiata

एनसेल र आइफ्लिक्स बिच सहकार्य, प्र्रयोगकर्तालाई असीमित डेटा र आइफिल्क्समा पहुँच

काठमाडौं, असोज २६ – मोवाइल सेवा प्रदायक एनसेलले बुधबार विश्वका विकासशील बजारहरुका लागि अग्रणी मनोरञ्जन सेवा आइफिल्क्ससँग सहकार्य गरेको घोषणा गरेको छ । यो सहकार्य अन्तर्गत एनसेलका प्रहयोगकर्ताले बिहीबारदेखि तीन महिनासम्म आइफ्लिक्सका सेवाको मजा लिन सक्ने कम्पनीले जनाएको छ । 

प्रयोगकर्ताले राति १२ बजेदेखि बिहान ५ बजे सम्म एनसेलको डेटा सेवा प्रयोग गरी आइफ्लिक्समा रहेका कुनै पनि सामग्री निःशुल्क हेर्न तथा डाउनलोड गर्न सक्ने एनसेलले जनाएको छ । यसका साथै एनसेलका फोरजीग्राहकले हरेक दिन बिहान ५ बजेदेखि बेलुका ५ बजे सम्म थप २ घण्टा आइफ्लिक्सको निःशुल्क मजालिन सक्ने जनाइएको छ । 

एनसेलले आइफ्लिक्स अफर ल्याएको अवसरमा करसहित मात्र ५० रुपैयाँमा १ घण्टाको भिडियो प्याक पनि ल्याएको छ । यो प्याक अन्र्तगत प्रयोगकर्ताले  आईफ्लिक्समा रहेका कन्टेन्ट मध्य कुनै पनि कन्टेन्टको एक घण्टासम्म मजालिन सक्नेछन् । ग्राहकले आफ्नो आवश्यकता अनुसार यो प्याक जति पटक पनि लिन सक्ने एनसेलले जनाएको छ । 

विश्वका विभिन्न दुई सय २० भन्दा बढी स्टुडियो तथा डिस्ट्रिब्युटरसँगको साझेदारीमा आइफ्लिक्सले प्रयोगकर्ताले रुचाएका प्रसिद्ध, समीक्षकले सह्राएका अन्तर्राष्ट्रिय तथा स्थानीय टिभी सिरियल तथा सिनेमाको बृहद संगालो उपलब्ध गराउने छ । नेपालमा आइफ्लिक्स सेवाको सुरुवातभएको अवसरमा थुप्रै चर्चित सिनेमा तथा टिभी शोहरु नेपाली सब टाइटलमा पनि उपलब्ध हुने जनाइएको छ ।

गुगलप्ले वा आइओएस एप्पल स्टोरमागई सजिलै आइफ्लिक्स एप डाउनलोड गर्न सक्ने र आफ्नो इमेल वा फेसबुक अकाउन्ट प्रयोग गरी एपमा रजिष्टर गर्न सक्नेछन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • विदेशी मुद्राको विनिमय दर

    काठमाडौं, कात्तिक २ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६७ पैसा र विक्रिदर २७ रुपैयाँ ८३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५० पैसा र विक्रिदर २८ रुपैयाँ ६६ पैसा छ ।

  • ​दिनारको मूल्य बढ्यो, रियाल, रिंगिट र दिर्हाम पनि उकालो लाग्दै

    काठमाडौं, कात्तिक १ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६६ पैसा र विक्रिदर २७ रुपैयाँ ८२ पैसा रहेको छ ।

  • शेयरमा लगानी गर्न चाहनेलाई जानकारी दिन सफ्टवेयर

    काठमाडौं, असोज ३१ – शेयरमा लगानी गर्न चाहनेलाई सत्यतथ्य जानकारी दिने उद्देश्यले डेटा एनालिटिक्स सफ्टवेयर सार्वजनिक भएको छ ।

  • नेप्से आज झण्डै ६ अंकले घट्यो

    काठमाडौं, असोज ३१ – शेयर बजार परिसूचक नेप्से मंगलबार झण्डै ६ अंकले घटेको छ । सोमबार ४७ अंकभन्दा धेरैले बढेको नेप्से मंगलबार ५ दमशमलव ६२ अंकले घटेर १३ सय ५९ दशमलव १८ अंकमा झरेको हो ।

  • सटही व्यापारको चलन कायमै

    धनगढी, असोज ३१ – नेपालका कतिपय गाउँबस्तीमा एक वस्तुसँग अर्को बस्तु साटासाट गरी आफ्नो आवश्यकता पूरा गर्ने पुरानो परम्परा अझै कायम रहेको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया