MENU

राजनीति

Ncell Axiata

चुनावपछि माओवादी केन्द्र एमालेमा विलय हुन्छ : नेता यादव

रुपन्देही, असोज २६ – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वाम गठबन्धनले माओवादी केन्द्र एमालेमा विलयको संभावना बढेको बताउनुभएको छ ।

रुपन्देहीको गैडहवामा भएको कार्यक्रममा उहाँले चुनावपछि माओवादी केन्द्रको एमालेसँग पार्टी एकता होइन उसको हैसियत अनुसार विलय हुने बताउनुभयो ।

उहाँले राजपा र संघीय समाजवादी फोरम नेपालबिच चुनावी गठबन्धन निश्चित भइसकेको बताउँदै कांग्रेससँग मिलेर बन्ने लोकतान्त्रिक गठबन्धनको विषयमा सघन छलफल भइरहेको बताउनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया