MENU

समाज

Ncell Axiata

दार्चुलाको अपि हिमाल गाउँपालिकामा खाद्यन्न अभाव

बैतडी, असोज २६ – दार्चुलाको अपिहिमाल गाउँपालिकामा खाद्यन्न अभाव भएको छ । तिहारको समयमा खाद्यन्न अभाव हुँदा चर्को मूल्यमा चामल किनेर खानुपरेको स्थानीय बासिन्दा जसमल बोहराले बताउनुभयो ।

अहिले गाउँपालिकामा एक किलो चामलको ५० देखि ६० रुपैयाँमा किन्नुपर्ने भएकाले तिहारका बेला झनै मूल्य बढ्ने भन्दै उहाँले दुखेसो गर्नुभयो । नेपाल खाद्य संस्थान अञ्चल कार्यालय धनगढीले समयमै खाद्यान्न ढुवानी गर्न नसक्दा अपि हिमाल गाउँपालिकामा खाद्यान्न अभाव भएको गाउँपालिकाका अध्यक्ष धर्म सिंह मन्यालले बताउनुभयो ।

आफूहरुले लामो समयदेखि चामल ढुवानी गर्न खाद्य संस्थान धनगढीलाई आग्रह गर्दा पनि अहिलेसम्म चामल नआएको उहाँले बताउनुभयो । अपि हिमाल गाउँपालिकाले तीन महिनाअघि नै खाद्य संस्थान धनगढीलाई चामल ढुवानी गर्न अनुरोध गरे पनि अहिलेसम्म ढुवानी नगरेको उहाँले बताउनुभयो ।

अपि हिमाल गाउँपालिकामा हरेक वर्ष खाद्यन्न अभाव हुने गरेको छ । वर्षभरि काम गरे पनि तीन महिनालाई खान नपुग्ने भएकाले यहाँका नागरिक कृषि पेशा भन्दा अरु काममा लाग्ने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया