MENU

साहित्य/ कला

Ncell Axiata

देहरादुनमा नेपाल–भारत सद्भावना कवि गोष्ठी

काठमाडौं, असोज २६ – भारतको देहरादुनमा नेपाल–भारत सद्भावना कवि गोष्ठी भएको छ । गोरखाली सुधारसभा देहरादुन र शैल ग्रामीण विकास समिति देहरादुनको संयुक्त आयोजनामा भएको कार्यक्रममा नेपाल तथा भारतका गरी २५ जना कविको सहभागिता थियो । कार्यक्रकका प्रमुख अतिथि नेपालका सँस्कृतिकर्मी चेतन कार्कीले नेपाल र भारतबिच परम्परादेखि साहित्यीक तथा भाषिक सम्बन्ध रहेको र यसलाई सीमाले अलग गराउन नसक्ने बताउनुभयो । समाजका लागि प्रेम र करुणा चाहिने र त्यो साहित्यमा समाहित हुने उहाँले बताउनुभयो ।

उहाँले नेपाल वीरता र पराक्रम उपमा रहेको र सँस्कृति तथा भाषिक सम्बन्धले दुई देशलाई सँगै बाँधेको भन्दै यसखालका कार्यक्रमले सामाजिक सद्भाव र भाषिक–साँस्कृतिक एकतामा बल पुर्‍याउने बताउनुभयो । यस्तै आयोजक संस्था गोरखाली सुधारसभा अध्यक्ष पदम सिंह थापाले कवि गोष्ठी ऐतिहासिक रहेको बताउनुभयो ।

कार्यक्रममा नेपालका कविहरु चेतन कार्की, सुवासचन्द्र ढुंगेल, मुरारी सिग्देल र दीपक शर्मा पौडेल सहभागी रहेका थिए ।

यस्तै भारतका डा. रामविनय सिंह, राकेश बालुनी, स्वामी एस. चन्द्र, शादाव अली, राजेश कुमार राज, गीत शार्मा, निता कुकरेती, दाँली डबराल, विरेन डंगवाल पार्थ, भुपेन्द्र अधिकारी, डा. सकुन्तथला बर्मा, चन्दन सिंह मेगी लगायतको सहभागिता थियो ।

सबै कविले आ–आफ्नो रचना समेत वाचन गरेका थिए । कार्यक्रममा शैल ग्रामीण विकास समितिले नेपाली कविहरुलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया