MENU

समाज

Ncell Axiata
NIC Asia

विश्व दृष्टि दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै

काठमाडौं, असोज २६ – आँखा स्वास्थ्य सबैका लागि, दृष्टिको महत्व बुझौ, भन्ने नाराका विश्व दृष्टि दिवस नेपालमा पनि मनाइदैछ । सन् १९९९ फेब्रुअरीमा दृष्टि २०२० कार्यक्रमको घोषणा गरी हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व दृष्टि दिवसको रुपमा मनाउने गरिएको छ ।

विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिएको छ । संगठनका अनुसार विश्वमा हरेक ५ जना अन्धोपन भएका मानिसमध्ये चारजनाको उपचार र रोकथाम सम्भव भएकाले रहेक ६–६ महिनामा आँखा जचाउनुपर्छ ।

नेपालले पनि २००१ देखि २०१९ सम्मका लागि २० वर्षे कार्ययोजना लागु गरेको छ । नेपालको कुल जनसंख्याको ० दशमलव ३५ प्रतिशत मानिसमा अन्धोपन छ । जसमध्ये ६६ प्रतिशत अन्धोपन उपचार गर्न सकिने खालका छन् । मोतिविन्दु, आँखाको पर्दा जन्य रोगहरु, जलविन्दु, आँखाको नानीमा हुने अन्धोपना र दृष्टिदोषका कारण अन्धोपन हुने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा अनुमानित ४ प्रतिशत मानिसलाई दृष्टिदोषको समस्या छ । हरेक वर्ष नेपालमा अनुमानित ३० प्रतिशत मानिसलाई आँखा जाँच गर्नुपर्ने देखिएको विभिन्न अध्ययनले देखाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया