MENU

समाज

Ncell Axiata
NIC Asia

स्वदेशी पर्यटक बढेपछि रसुवाका होटल व्यवयासी उत्साहित

रसुवा, असोज २६ – स्वदेशी पर्यटक बढेपछि रसुवाका होटल व्यवयासी उत्साहित बनेका छन् । दसैँ सकिए लगतै जिल्लामा स्वदेशी पर्यटकको आगमन बढेपछि व्यवसायी उत्साहित बनेका हुन् । 

अहिले जिल्लामा सञ्चालित होटलहरु भरिभराउ भएका छन् । केही वर्षअघिसम्म नेपाली राख्न नरुचाउने होटल व्यावसायीले अहिले नेपाली आउँदा उत्साहित हुन थालेका छन् । विदेशी पर्यटकले भन्दा नेपालीले बढी खर्च गर्ने गरेका व्यवसायी बताउँछन् । 

दसैँपछि जिल्लामा दैनिक डेड सय स्वदेशी पर्यटक आउने गरेका अनुमान गरिएको छ । जिल्ला सदरमुकाम धुन्चे, स्याफ्रु, गोसाइँकुण्ड पदमार्ग र लाङटाङ पदमार्गमा सञ्चालित होटलहरु अहिले पर्यटकले भरिएका छन् । 

केही वर्ष पहिलेसम्म मेला पर्वको अवसरका मात्र पर्यटक भित्रने गरेपनि अहिलेका युवा पुस्ता अन्य समयमा घुमफिर गर्न मन पराउने भएका कारण पनि बाह्रै महिना पर्यटक आउन थालेका छन् । 

सामूहिक रुपमा घुम्न मन पराउने युवाहरु न्युनतम पाँच जनादेखि १५ जनासम्मको समूहमा आउने गरेका छन् । पर्यटकीय क्षेत्र लाङटाङमा विदेशी पर्यटक भन्दा पनि स्वदेशी पर्यटक बढेको पर्यटन व्यवसायी ढिण्डुप तामाङले बताउनुभयो । 

जिल्लामा सञ्चालित होटल व्यवसायीले स्वदेशी पर्यटकबाट मनग्य आम्दानी गरिरहेका छन् । स्वदेशी पर्यटकले न्युनतम पाँच हजारदेखि १५ हजारसम्म खर्च गर्ने गरेका छन् । जसका कारण पर्यटन व्यवसायी र होटल व्यवसायीलाई फाइदा पुगेको छ । 

यो समयमा धार्मिकस्थल गोसाइँकुण्ड, तेस्रो गन्तव्यस्थल लाङटाङ, ऐतिहासिकस्थल रसुवागढी, कालो गाउँको रुपले परिचित गत्लाङ र थुमनको नागथलीमा जाने स्वदेशी पर्यटक बढी छन् ।

पर्यटकीय जिल्ला रसुवामा धार्मिक, सांस्कृतिक, प्राकृतिक, ऐतिहासिकस्थल हुनुका साथै विश्व कै दुर्लभ रेडपाण्डा, हिमचितुवा लगायतका जीवजन्तुको अध्ययन, अवलोकन गर्नका लागि स्वदेशी तथा विदेशी पर्यटक भित्रने गरेका छन् । जिल्लामा साना–ठूला गरी डेड सयको हाराहारी होटल सञ्चालनमा रहेका छन् । 

रसुवामा कात्तिक महिनादेखि स्वदेशी पर्यटकको पनि तथ्याङ्क राखिने भएको छ । जिल्लामा पछिल्लो समय स्वदेशी पर्यटकको आगमनमा वृद्धि हुन थालेपछि लाङटाङ राष्ट्रिय निकुञ्जले तथ्याङ्क राख्न लागेको हो । वार्षिक २५ हजार भन्दा बढि स्वदेशी पर्यटक जिल्ला भित्रने गरेपनि तथ्याङ्क नराखिँदा यसको वास्तविक अवस्था थाहा हुन सकेको छैन् । 

अन्य क्षेत्रमा होटल व्यवसायीले स्वदेशी पर्यटकको तथ्याङ्क राख्ने गरेको तर यहाँ त्यो अवस्था नरहेको बताउँदै उनले अबका दिनका होटललाई समेत तथ्याङ्क राख्नका लागि निर्देशन दिने बताएका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • चार शहरमा एनसेलको फोरजी केन्द्रित मेला हुने

    काठमाडौं, मंसिर २६ – मोबाइल सेवा प्रदायक एनसेलले देशको चार शहरमा एनसेल मेला आयोजना गर्दैछ । ग्राहकसँग खुसी साटासाट गर्न आउँदो पुस ८ देखि पोखरा, विराटनगर, बुटवल र ललितपुरमा मेला आयोजना गर्न लागेको एनसेलले जनाएको छ ।

  • शर्मिलाले हिँड्दा हिँड्दै बाटोमै जन्माइन् छोरा

    जाजरकोट, मंसिर २६ – जाजरकोटमा एक महिला नियमित स्वास्थ्य जाँच गराउन अस्पताल जाँदा बाटोमा नै सुत्केरी हुनुभएको छ । कुशे गाउँपालिका–९ बाट सदरमुकाम खलंगा जाँदै गरेकी शर्मिला नेपालीले बाटोमा नै छोरा जन्माउनु भएको हो ।

  • पहाडी भूभागमा हिमपात

    कालिकोट, मंसिर २६ – कालिकोटको पहाडी भूभागमा वर्षा सँगै हिमपात भएको छ । लामो समय पानी नपरेको कालिकोटमा वर्षासँगै हिउँ परेको हो । कालिकोटको तल्लो भेगमा पानी परेपछि स्थानीय बासिन्दा खुसी भएका छन् ।

  • सप्तरीमा खुल्ला ठाउँमा दिसा गर्ने १२ जना पक्राउ

    सप्तरी, मंसिर २५ – सप्तरीमा खुला ठाउँमा दिसा गर्ने १२ जना भन्दा धेरै व्यक्ति पक्राउ परेका छन । सन् २०१७ सम्म जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्ने अभियानलाई चुनौती दिँदै खुल्ला शौच गर्ने व्यक्तिहरुलाई स्थानीयबासीले पक्राउ गरेर सामाजिक सजाय गर्न थालेका छन् ।

  • ​मर्निङवाक जाँदा दुवईमा एक नेपालीको मृत्यु

    मंसिर २४ – रोजगारीका लागि युएई आएका एक नेपालीको मर्निङवाकका क्रममा ज्यान गएको छ ।

सबै हेर्नुहोस

सोसल मिडिया