MENU

राजनीति

Ncell Axiata

नेपाली कांग्रेस महोत्तरीले तीन क्षेत्रमा उम्मेदवारको नाम सिफारिस गर्‍यो

महोत्तरी, असोज २६ – नेपाली कांग्रेस महोत्तरीले जिल्लाका चार निर्वाचन क्षेत्र मध्ये तीन क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभाको सम्भावित उम्मेदवारका लागि नाम सिफारिस गरी केन्द्रमा पठाएको छ । 

कांग्रेसका जिल्ला सभापति महेन्द्रकुमार रायले जिल्लाको चार क्षेत्र मध्ये एक, दुई र तीनको क्षेत्रीय समितिले सिफारिस गरेको नामावलीलाई नै केन्द्रमा पठाउने निर्णय गरिएको जानकारी दिनुभयो । क्षेत्र नम्बर चारको नामावली आउन बाँकी रहेको बताउनुभयो । 

जिल्लाको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्फ पाँचजनाको नाम सिफारिस गरिएको छ । जसमा केन्द्रीय सदस्य कल्याण कुमार गुरुङ्ग, सांसद सीताराम भण्डारी, पूर्व सांसद बसन्तकुमार गुरुङ्ग, चिरन्जीवी हमाल तथा मुकेशराज काफ्ले रहनुभएको छ । त्यसैगरी समानुपातिक तर्फ ८ जनाको नाम सिफारिस गरिएको छ । क्षेत्र नं. १ को प्रदेश सभाको ‘क’ क्षेत्रका लागि प्रत्यक्ष तर्फ ८ जनाको नाम सिफारिस गरिएको छ । 

सिफारिस भएकाहरुमा महेशकुमार झा, विष्णुदेव यादव, विनोद बराल, अशोक कोइराला, प्रहलाद कुमार क्षेत्री, मदनमोहन यादव, सुरेश यादव, कृष्णा यादव रहनुभएको छ । त्यस्तै प्रदेश सभा ‘क’ को समानुपातिक तर्फ १८ जनाको नामावली सिफारिस गरिएको छ । क्षेत्र नं. १ को प्रदेश सभा ‘ख’ को प्रत्यक्षतर्फ रामश्रेष्ठ महतोको मात्रै नाम सिफारिस भएको छ भने समानुपातिक तर्फ १६ जनाको नामावली सिफारिस भएको छ । 

जिल्लाको क्षेत्रनं. २ मा प्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्फ किरण यादव, नागेश्वर यादव तथा श्याम मण्डलको नाम सिफारिस भएको छ । समानुपातिकमा सातजनाको नामावली पठाएको छ । त्यसैगरी क्षेत्र नं. २ को प्रदेश सभा ‘क’ को प्रत्यक्षतर्फ महेन्द्र यादव मधुकरसहित सातजनाको तथा समानुपातिक तर्फ १२ जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाइएको कांग्रेसका जिल्ला सचिव शम्भुनारायण पाठकले जानकारी दिनुभयो । त्यस्तै ‘ख’ मा प्रत्यक्ष तर्फ ९ जना र समानुपातिक तर्फ १० जनाको नामावली पठाइएको पाठकले जानकारी दिनुभयो । 

जिल्लाको क्षेत्र नं. ३ मा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ ललनकुमार राय, बजरंग नेपाली र गरिबदास ठाकुरको नाम सिफारिस गरी पठाइएको छ भने समानुपातिक तर्फ रामचन्द्र तिवारी, नरेन्द्र मोहन मिश्र, कामेश्वर पाण्डे र गंगाधर चौधरीको नाम सिफारिस गरिएको छ । 

त्यसैगरी प्रदेश सभाका लागि ‘क’ क्षेत्रमा प्रत्यक्षतर्फ ११ जना र समानुपातिक तर्फ १० जना तथा ‘ख’ क्षेत्रमा प्रत्यक्ष तर्फ ९ जना तथा समानुपातिक तर्फ ७ जनाको नाम सिफारिस भएको नेपाली कांग्रेसले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया