MENU

राजनीति

Ncell Axiata
NIC Asia

लोहनी नुवाकोटको दुवै निर्वाचन क्षेत्रबाट सिफारिस

नुवाकोट, असोज २६ – एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका केन्द्रीय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी आसन्न प्रतिनिधि सभा चुनावका लागि नुवाकोटको दुईवटै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक उम्मेदवारमा सिफारिश हुनुभएको छ । 

एकीकृत राप्रपा राष्ट्रवादी नुवाकोट जिल्ला कार्यसमितिले गरेको सिफारिश सूचिमा लोहनीलाई दुवै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र सामानुपातिकको उम्मेदवारमा सिफारिश गरेको पार्टी जिल्ला सचिव दीपेश पाण्डेले जानकारी दिनुभयो । नुवाकोट थानसिंहका लोहनीलाई दुवै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवार सिफारिश गरिए पनि उहाँले अन्य दलसँग तालमेल गरी प्रत्यक्षतर्फबाटै उम्मेदवारी दिनुहुने छ । 

यसैबिच प्रतिनिधि सभा सदस्य चुनावका लागि क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ गोकर्णराज सिटौला, बिमल थापा, लक्ष्मी पण्डित, पुरेन्द्रप्रसाद ढकाल र होमकुमारी ओझालाई पनि सिफारिस गरिएको छ । समानुपातिकतर्फ भरतजङ्ग उप्रेती, पोषनाथ ढुङ्गाना, शेरबहादुर खत्री र सरिता लामा रहेका छन् । 

प्रतिनिधि सभा क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ श्यामकुमार केसी, झनक प्याकुरेल, राज्यलक्ष्मी श्रेष्ठ र कुलबहादुर खङ्गीलाई उम्मेदवार प्रस्ताव गरिएको भने समानुपातिकतर्फ कृष्णबहादुर प्याकुरेल सीताराम सापकोटा, राधिका विश्वकर्मा र सीताराम कुमाललाई प्रस्ताव गरी नामावली केन्द्रमा बुझाइएको सचिव पाण्डेले जानकारी दिनुभयो ।

दलले जिल्लामा रहेका चारवटै प्रदेशको प्रत्यक्ष र सामानुपातिक तर्फको उम्मेदवार पनि सर्वसम्मत प्रस्ताव गरी नामावली केन्द्रमा बुझाएको जनाएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया