MENU

समाज

Ncell Axiata

​जिविकोपार्जनको खोजीमा खाडी देश जान बाध्य छन् रोल्पाका महिला


रोल्पा, असोज २६ – घरको आर्थिक अवस्था कमजोर हुँदा रोजगारीका लागि रोल्पाका महिला विदेश जान थालेका छन् । घरको चुलोचौकामा सीमित उनीहरु जीविकोपार्जनका  विकल्प नभएपछि रोजगारीका लागि खाडीका देश जान बाध्य भएका हुन् । 

विगतमा जिल्लाबाट पुरुष मात्रै वैदेशिक रोजगारीमा जाने गरेकामा पछिल्ला दिनमा महिला पनि जान थालेका हुन् । श्रीमान् रोजगारीका लागि विदेशमै भएका, श्रीमानसँग सम्बन्ध बिच्छेद गरेका, घरेलु हिंसाबाट पीडित तथा घरमा पुरुष नभएका महिला रोजगारीका लागि विदेश जान थालेका हुन् । 

गत वर्ष वैदेशिक रोजगारीमा जानका लागि चार हजार २ सय ३६ जनाले राहदानी लिएकामा १ सय ७६ जना महिला विदेश गएको जिल्ला प्रशासन कार्यालय रोल्पाले जानकारी दिएको छ । यसरी रोजगारीमां जाने मध्ये अधिकांश महिलाले घरेलु कामदारका रुपमा ज्येष्ठ नागरिकको हेरचाह गर्ने, बगैँचाको रेखदेख गर्ने जस्ता घरभित्रको काम गर्दै आएका छन् । 

कम तलब, जोखिमपूर्ण काम तथा सुरक्षाको ग्यारेन्टी नहँुदा वर्षेनी दर्जनाँै कामदारको मृत्यु हुने भएकाले वैदेशिक रोजगारीमा जाने पुरुषको सङख्या घटेपनि रोल्पाका महिलामा वैदेशिक रोजगारीको आकर्षण बढेको देखिएको छ । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया