MENU

समाज

Ncell Axiata

सोलुखुम्बुमा लेक लागेर ब्रिटिस नागरिकको मृत्यु

सोलुखुम्बु, असोज २६ — सोलुखुम्बुमा ब्रिटिस नागरिकको लेक लागर ज्यान गएको छ । ब्रिटिस नागरिक टेरेन्स जोन जस्लीङको लेक लागेर बिहीबार बिहान सुतेकै ठाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

असोज १७ गते भ्रमणका लागि नेपाल आएका टेरेन्स जोन जस्लीङ गोकियो पुगेर फर्कने क्रममा लेक लागेर विरामी परेका थिए ।

विरामी परेका टेरेन्स जोन जस्लीङ सोलुखुम्बुको खुम्बु पासङ ल्हामु गाउँपालिका -४, दोलेमा सुतेकै ठाउँमा बिहान ३ बजे मृत्यु भएको जनाइएको छ । शव पाेस्टमार्टमका लागि बिहान हेलिकप्टरमार्फत काठमाडाै‌को शिक्षण अस्पातल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया