MENU

समाज

Ncell Axiata
NIC Asia

पाँच हजार लिटर घरेलु रक्सी नष्ट

सन्तोष थापा/उज्यालो । 

 
पर्वत, असोज २६ – सदरमुकाम र आसपासका क्षेत्रमा गाँजा फडानी र घरेलु मदिरा नियन्त्रण अभियान सञ्चालन गरेको प्रहरीले बिहीबार ५ हजार लिटर अवैध घरेलु मदिरा र  घरेलु मदिरा बनाउने कच्चा पर्दाथ नष्ट गरेको छ । 
 
प्रहरीले सदरमुकामसँगै डिमुवा, पातिचौर, वारीबेनी, मालढुंगालगायतका क्षेत्रबाट संकलित घरेलु मदिरा नष्ट गरेको हो । 
 
अवैध रुपमा मदिरा उत्पादन गर्दै आएको २ दर्जन घरमा लुकाई राखेको अवस्थामा एक सय ड्रमभन्दा बढी कच्चा पर्दाथ नष्ट गरिएको प्रहरी नायव उपरीक्षक दिलिप घिमिरेले जानकारी दिनुभयो ।
 
जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी ईकाइबाट परिचालित टोलीले मदिरा बनाउन प्रयोग हुने मचार्, रक्सी बनाउन प्रयोग हुने भाँडा र ड्रम नियन्त्रणमा लिएको छ । निर्वाचन सुरक्षालाई समेत मध्यनजर गर्दै अवैध मदिरा विक्री वितरण कार्यलाई नियन्त्रण गर्ने अभिप्रायले अभियान सञ्चालन गरिएको घिमिरेले जानकारी दिनुभयो । 
 
यसैगरी प्रहरीले गाँजा फडानी अभियानलाई समेत तिव्रता दिएको छ । मदिरा नियन्त्रणसँगै सञ्चालन भएको अभियानबाट पर्वतका विभिन्न गाउँमा लगाइएको ६ हजार भन्दा बढी बोट गाँजासमेत फडानी गरिएको छ । 
 
अभियानलाई दैनिक रुपमा सञ्चालन गरिने प्रनाउ घिमिरेले बताउनुभयो । अभियान  सदरमुकाम र आसपासका गाउँपालिका र नगरपालिका साथै पोखरा बागलुङ्ग राजमार्गका आसपासका क्षेत्रमा सञ्चालन हुने प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया