MENU

अर्थ

Ncell Axiata
NIC Asia

​सगुनमा दोस्रो चरणको लगानी गर्ने समय सीमा नोभेम्वर ३० सम्म

काठमाडौं, असोज २६ – सोसल कमर्स सञ्जाल सगुन (www.sagoon.com) ले हालै खुल्ला गरेको लगानी अवसरलाई नोभेम्वर ३०, २०१७ सम्म मात्र कायम राख्ने भएको छ । लगानीको दोस्रो चरणको समाप्तीसँगै सगुनले डिसेम्बरको दोस्रो हप्तासम्म बहुप्रतिक्षित मोबाइल एप सार्वजनिक गर्ने भएको छ । 

प्रति शेयर २३ अमेरिकी डलर तोकिएको शेयरलाई सर्वसाधारणले खरिद गर्न सक्ने ‘ग’ श्रेणीको सामान्य शेयरका लागि यस चरणमा न्युनतम १ हजार अमेरिकी डलरको शेयर खरिद गर्नुपर्ने सगुनले जनाएको छ । यस चरणमा सगुनले लगानी गरिने रकम क्रेडिट र डेविट कार्ड, एसीएच, बैंक तथा चेकमार्फत हुने भुक्तानीबाट स्वीकार गरेको छ । सगुनले आफ्नै वेबसाइटबाट शेयर जारी गरेको छ, जहाँ लगानीको बारेमा आवश्यक पर्ने जानकारी पढ्न तथा डाउनलोड गर्ने व्यवस्था उपलब्ध छ । 

सगुनमा विश्वका धेरै देशका नागरिकले लगानी गरेका छन् । तीमध्ये अधिकांश अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, दक्षिण कोरिया, भारत तथा मध्यपूर्वका रहेका छन् । यसमा रहेका शेयरधनीहरुमध्ये अधिकांश यसका प्रयोगकर्ता र समर्थक रहेका छन् । 

थप व्यक्तिहरु दैनिक रुपमा यससँग जोडिने क्रम जारी रहेको छ । पहिलो चरणमा ३ हजार भन्दा बढीले लगानी गर्न चाहे पनि फर्म भरेर बैंकसम्म पुगेर बैकमार्फत वायर ट्रान्स्फर गर्नुपर्ने झन्झटका कारण लगानी गर्न छुटेका थिए ।

यस चरणमा क्रेडिट र डेविट कार्डमार्फत समेत लगानी गर्न सकिने भएपछि लगानीकर्तालाई सहज हुने अनुमान सगुनले गरेको छ । पहिलो चरणमा लगानी गर्न छुटेकाहरुले पनि यस चरणमा लगानी गर्न सक्ने बताइएको छ ।  

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया