MENU

खेल

Ncell Axiata

शरद भेषावकरले हङकङसँगका दुवै खेल खेल्न नसक्ने

काठमाडौं, असोज २६ – क्रिकेटर शरद भेषावकरले आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हङकङसँगको खेल गुमाउने भएका छन् ।

विरामी परेका कारण भेषावकरले खेल्न नसक्ने भएपछि नरेश बुढाऐरलाई टिममा राखिएको छ । नेपाली क्रिकेट टिममा प्राविधिक विश्लेषक रमण शिवाकोटीका अनुसार बुढाऐर शुक्रबार बिहान हङकङ पुग्ने छन् । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा आफ्नो छैटौं चरणको खेलमा नेपालले शुक्रबार र आइतबार हङकङसँगै उसकै घरेलु मैदानमा खेल्दै छ । 

१० खेलबाट ८ अंक बटुलेको नेपाल अंक तालिकाको छैटौं स्थानमा छ । नेपालसँग खेल्न लागेको हङकङको भने ११ अंक छ ।

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा परेर सन् २०१९ को विश्वकपमा छनौट हुने संभावना कायम राख्न नेपाललाई हङकङसँगका दुवै खेल जित्नु पर्ने दवाव छ ।

नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले कडा मिहेनत गरेर हङकङसँगका दुवै खेल जित्ने लक्ष्यले मैदान उत्रिने बताएका छन् ।

 

शीर्ष स्थानमा रहेको नेदरल्याण्ड्सको १२ खेलबाट १८ तथा दोश्रो स्थानको पपुवान्युगिनीको १२ खेलबाटै १६ अंक छ । यस्तै स्कटल्याण्डको १२ खेलबाट १५ तथा  केन्याको १२ अंक छ । नेपालभन्दा तल रहेका युएई र नामिबियाको समान ६ अंक छ । सातौं चरणमा नेपालले युएईसँग खेल्ने छ । तर खेलको मिति र खेलस्थल तोकिने बाँकी छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया